Websoft University

लेखा व्यवस्थापनमा महिला सशक्तिकरण


मोहन कुमार राई- संखुवासभा । रातो तारा डट कम,सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुर, सखुवासभाद्धारा आयोजित २ दिवसीय लेखा व्यवस्थापन तालिम एक कार्यक्रमका वीच चैनपुर नगर प्रमुख कृष्णकुमार तामाङले उद्घाटन गर्नुभयो । 


चैनपुर नगरपालिका ६ स्थित रेडक्रस भवनमा भएको सो कार्यक्रम उद्घाटनको अवसरमा चुनावको वेला दलविशेषबाट उमेदवारी भए पनि निर्वाचित भए सँगै जनप्रतिनिधि भएर जनतासँगै काम गर्ने नगरप्रमुख तामाङले वताउनुभयो । 

कार्यक्रममा नगर प्रमुख तामाङले नगरका महिला दिदिबहिनीहरुलाई वित्तिय लेखा सम्बन्धि तालिम दिएर आ–आफ्ना वडामा अवस्थित आमा समूह तथा महिला समुहरुमा दोहोरो लेखा विधिबाट संस्थाको हिसाव किताव चुस्त दुरुस्त राख्ने सीपको विकास हुने वताउनुभयो ।

गत शनिवार कार्यक्रममा चैनपुर नगर उप प्रमुख एलिना श्रेष्ठले महिला दिदीबहिनीहरुको अधिकार र शसक्तिकरणको क्षेत्रमा प्रतिवद्ध भएर स्थानीय सरकार लाग्ने वताउनुभयो । चैनपुर नगरपालिका वडा नं.१ का बुद्धिमान लिम्बू, वडा नं. ११ का तीर्थ राउत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

चैनपुर नगरपालिका भरीका ११ वडाहरुका प्रत्येक वडाका आमा समुहरुका २ जना महिला दिदीबहिनीहरु सहभागी हुने २ दिने तालिममा चैनपुर नगरपालिकाका लेखापाल दिपेन्द्र चौलागाईले सहजीकरण गर्नुहुने आयोजक संस्थाका सचिव नमिता काफ्लेले वताउनुभयो ।  तालिममा  अयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमको सभापति हेमकुमारी चौहानले नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा ११ वटै वडाध्यक्षरुको उपस्थितमा कार्यकालको सफलताको शुभकामना सहित अविर फूलमाला खादाले सम्मान समेत दिनुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.