Websoft University

उदयपुरको कटारीमा सोमबार विहान भएको ट्रक दुर्घटनामा चार जनाको मृत्यु


श्याम राई÷उदयपुर गाईघाट, १६ जेष्ठ। रातो तारा डट कम, उदयपुरको कटारीमा सोमबार विहान भएको ट्रक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका–१४ भदौरेस्थीत चनौटेमा विहान २ः३० बजे मालबाहक ट्रक दुर्घटना हुँदा चालक बारा जिल्लाको सिमरा– १ का ३५ बर्षिय सुजित घलान, सह–चालक २५ बर्षिय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ बर्षिय अनुज लामा र ३७ बर्षिय राजन तामाङ्गको घट्ना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका डिएस्पी मान बहादुर राईले बताए ।

मकवानपुरको हेटौँडा बाट मिक्सु सोलु हाईड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना. ८ ज ८२९७ नम्बरको लोवेड ट्रक खोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकदेखि झन्डै २ सय मिटर तल खसेको छ । कच्ची सडकमा चालक निदाएको कारण गाडी तल खोल्सीमा झरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

घटना स्थलमा अहिले प्रहरी सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरुको सहयोगमा शब निकाल्ने प्रयास भैरहेको डिएसपी राईले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.