Websoft University

यो वर्षको बजेटको आकारले वैदेशिक ऋण पनि घटाउने लक्ष्य राखेको छ – अर्थमन्त्री शर्मा


काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,आर्थिक वर्ष २०७९÷८० को बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्म्मेलनमा हिजो अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट विगतकै कार्यक्रमको निरन्तरता भएको बताउनुभएको छ । यो वर्ष बजेटको आकार र वैदेशिक ऋण पनि घटाएको उहाँले बताउनुभयो । यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि पूरा गर्ने गरी कार्यक्रम राखेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियरूपमा विकसित भएको प्राविधिक र आयातको अवस्था र मुद्रा स्फितिसहितलाई ध्यान दिएर बजेट बनाइएको मन्त्री शर्माले बताउनुभयो । बजेट कार्यान्वयनका लागि कर्मचारी, निजी क्षेत्रसहित सन्चारकर्मी सबैको पनि प्रतिबद्धता चाहिने उहाँको भनाइ छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.