Websoft University

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा ७ ले बुझायो ज्ञापन पत्र


मोरङ सुन्दरहरैचा । रातो तारा डट कम, पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा ब्यबस्थापन सुधारको लागि स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा :- ७ ले ज्ञापन पत्र बुझाएको छ ।ओपिडी तर्फ दैनिक लगभग ३ सय बिमारीहरू आई रहदा करीब ९०% बिमा सुबिधा तर्फका बिमारि आईरहेको अस्पतालमा २ घण्टा सम्म लाईन बस्नु परेकाले बिमारीले झनै सास्ति भोग्नु परेको, बिमाबाट प्राप्तहुने औषधि लिन पनि घण्टौं लाईन बस्नुपर्ने र अस्पतालमा डाक्टरहरू साढे १० /११ बजे आउने र १२ बजे निस्कने भएकोले सेवाग्राहिले उचित सुबिधा नपाएको बिरामीहरुको गुनासोलाई मध्यनजर गर्दै बिमा रिफर सेवा १ महिना सम्म मान्य हुनको लागि स्वास्थ्य बिमा बोर्ड संग छलफल र समझौता गर्न ज्ञापन पत्र बुझाइएको छ।


सुन्दरहरैचा वडा नं ७ का नब निर्वाचित वडा अध्यक्ष भुवन सिंह मगर, महिला वडा सदस्य साथै कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य खुशिलाल चौधरी, मीन गुरूङ् ज्ञान ज्योति ईङ्लिस स्कुलका प्रिन्सिपल देबि सिटौला सहित स्वतन्त्र नागरिक समाजका ब्याक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका सँयोजक चिरंजीबी शिवाकोटीले ज्ञापन पत्र बाचन गरेर उपकुलपति डा. यादब प्रसाद कोईराला र ब्यबस्थापक डा. बिबश आचार्यलाई हस्तान्तरण गर्दै अस्पताललाई सन्चालनमा आवश्यकता परेमा आगामी दिनहरूमा समेत स्वतन्त्र नागरीक समाजले सक्दो सहयोग गर्ने  बताउनुभयो । 


उक्त ज्ञापन पत्र बुझदै उपकुलपति डा.यादब कोईरालाले बिधानमै जन स्तरबाट संचालन हुने भनेर लेखिएकोले अस्पताल संचालनमा समस्या रहेको बताउनु भयो । सिमित साधन र श्रोतका बाबजुद अस्पताल लाई सकेसम्म राम्ररी चलाउने प्रयास गर्ने भन्दै अब १/२ दिनबाटै टोकन सिस्टम लागू गरि  सेवा संचालन गरिने बताउनु भयो । कोबिडको माहामारीमा संचालन गरीएको कोबिड अस्पताल भवनमा यसै आर्थिक बर्षदेखि १०० सैयाको अस्पताल समेत संचालन गर्ने तयारी रहेको VC कोईरालाले बताउनु भयो । ब्यबस्थापक आचार्यले डिजिटल टोकनलाई पर्खिदा केही असजिलो भएकोले मेनुअल टोकन सिस्टम लगाएर भएपनि सेवा सँचालन गर्ने बताउनु भयो ।स्वतन्त्र नागरीक समाजले समस्या र बिकल्प सहित ज्ञापन पत्र बुझाएकोमा आचार्यले धन्यवाद समेत दिनुभयो ।ज्ञापन पत्र सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई, वडा नं. ७,८ र ९ का वडा अध्यक्ष भुवनसिंह मगर, खेमप्रसाद न्यौपाने,प्रकाश श्रेष्ठलाई समेत बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.