Websoft University

महानगरको भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिलाई उद्योगीको सुझाव


विराटनगर जेठ १४ गते । रातो तारा डट कम, विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । 

नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा  परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र  भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । 

उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । घिमिरेले विराटनगरको सौन्दर्यीकरणका लागि विराटनगरको बरगाछी दक्षिणको भागमा परिसंघ हरियाली प्रबद्र्धन र सौन्दर्यीकरणका लागि सहयोग गर्न तयार रहेको बताए । उनले सडकको डिभाइडरमा बोट विरुवा लगाउने र शहरमा हरियाली प्रबद्र्धनका लागि निजी क्षेत्र सहयोग गर्न तत्पर रहेकोस्पष्टपारे । कार्यक्रममा  नेपाल उद्योग परिसंघ प्रदेश १ को कार्यसमितिका पदाधिकारीहरूले विराटनगर महानगरपालिकालाई भ्रष्टाचारमुक्त महानगर बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । सो अवसरमा उद्योगी उद्धव रिजाल, देवेन्द्र अग्रवाल, राकेश सुरानालगायतले महानगरमा कर्मचारीतन्त्र हाबी भएको बताउँदै भ्रष्ट कर्मचारीलाई शाखा परिवर्तन गर्न सुझाव दिएका थिए ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा उद्योगको प्रबद्र्धनका लागि ‘मेड इन विराटनगर’ अभियान चलाएर विराटनगरका उद्योगीहरूलाई सहयोग गर्न महानगरपालिका तत्पर रहेको बताए । उनले खानेपानीको समस्या समाधानका लागि जाइकासँग सम्झौता भएर कार्यान्वयनमा जान लागेको जानकारी दिनुभयो । उहाँले विराटनगरको डुवानको समस्या समाधान गर्न सिंगिया र केशलीया खोलाको दुबैतर्फ तटबन्ध बाँध्ने योजना अघि बढाइने स्पष्ट पार्नुभयो । 

त्यसैगरी  कार्यक्रममा उपमेयर शिल्पा कार्कीले सबैको साझा चाहना विराटनगर बनाउने भएकाले व्यक्तिगत स्वार्थ नराखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विराटनगरको विकासका लागि मास्टर प्लान बनाएर व्यवस्थित विराटनगर बनाउने बताउनुभयो । 

उहाँले जसरी भए पनि यो वर्ष विराटनगर डुवानमा पर्न हुँदैन भनेर जनप्रतिनिधिहरूले विज्ञहरू, महानगरपालिकाका कर्मचारीहरूलगायतसँग छलफल थालिसकेको जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, विराटनगर २ का वडाअध्यक्ष कुमार पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष वासु बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापालगायतलाई नेपाल उद्योग परिसंघ प्रदेश १ का पदाधिकारीहरूले स्वागत गर्दै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.