Websoft University

आवेदन दिएको १५ दिनमै ट्रायल गराइने –महानिर्देशक नमराज घिमिरे, सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा नेपालको चुच्चे नक्सा राख्नु पर्यो


काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने बताएको छ । विभागले आज साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू गर्ने विभागले बताएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने बताउनुभयो । १५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुनेछ । त्यसपछि परीक्षा सकिएपछि फेरि खुल्ने’ उहाले बताउनु भयोे । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो । अनलाइन भुक्तानीकोे व्यवस्था मिलाउन समेत प्राविधिक टोलीले काम गरिरहेको उहाँले बताउनु भयो ।

यो नया प्रणालीअनुसार छिटो काम हुने भएकोले सबै युवाहरु खुखि भए पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा भएको नेपालको नक्सा हटाएर  नेपालको चुच्चे नक्सा राख्न आम नेपाली जनताले यातायात बिभागलाई जनताहरुले अनुरोध गरेका छन ।   






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.