Websoft University

सबै स्थानीय पालिकामा श्रमिक हेल्प डेक्स राख्न माग


 विराटनगर जेठ १७ गते। रातो तारा डट कम, सबै स्थानीय तहमा श्रमिक हेल्प डेक्स स्थापना गर्न ट्रेड युनियन कांग्रेसमा आबद्ध मजदुर तथा कर्मचारीहरूले माग गरेका छन् । 

मुलुकको आर्थिक विकास र समृद्धिमा श्रमिकहरूको महत्वपूर्ण भूमिका भएकाले श्रमिकको समस्या समाधान गर्न हरेक स्थानीय तहले श्रमिक हेल्प डेक्स स्थापना गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपाल टे«ड युनियन कांग्रेस जिल्ला कार्य समिति मोरङले मंगलबार कटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले श्रमिकका समस्या स्थानीयस्तरमै हुने भएकाले हरेक पालिकाले श्रमिक हेल्प डेक्स राख्नु आवश्यक रहेको औंल्याए । 

नेपाल टे«ड युनियन कांग्रेसका प्रदेश–१ अध्यक्ष नारायणबाबु कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनमा मजदुरहरूको अतुलनीय योगदान रहेकाले स्थानीय तहले उनीहरूका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । “पाँच वर्ष जान धेरै समय लाग्दैन, तपाईंहरू आजदेखि  जनताले पछिसम्म सम्झने गरी काम गर्नुहोस् त्यसमध्ये मजदुरका हितमा पनि काम गर्नुहोस्,” उनले भने । 

त्यस्तै ट्रेड युनियनका मोरङ अध्यक्ष सुशील कोइरालाले श्रमिकका मुलुक निर्माणमा श्रमिकको महत्वपूर्ण योगदान रहँदै आए पनि राज्यले उपेक्षा गरेको गुनासो पोखे । “तपाईंहरूलाई हामीले लगाइदिएको तौलियामा श्रमिकको पसिना छ,” उनले थपे, “त्यो तौलियाले मसिना पुछ्दा सम्झनुहोस् श्रमिकहरूको पसिनाले आफ्नो पसिना पुछिरहनु भएको छ ।” 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रमिकका समस्या समाधान गर्न आफू सधैं तत्पर रहेको प्रस्ट पारे । उनले श्रमिकका मागका विषयमा ट्रेड युनियनकर्मीहरूसित बसेर छलफल गर्ने उल्लेख गरे । “तपाईंहरू आउनुहोस् बसेर छलफल गरौं के गर्नुपर्छ श्रमिकहरूका लागि हामी गर्नतयार छौं,” मेयर कोइरालालेभने । सो अवसरमा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, कटहरीका अध्यक्ष देवराज चौधरी, जहदाका अध्यक्ष जितेन्द्र साहले पनि श्रमिकका मुद्दालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए । सो अवसरमा मेयर र अध्यक्षसहित विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, ६ का अक्षय सहनी, ७ का मधुबाबु तिवारी, १५ का प्रकाश साह र १६ का अध्यक्ष उद्धव भुजेललगायतलाई सम्मान गरिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.