Websoft University

पर्यटकीय स्थल नुनढाकीमा स्वास्थ्य शिविर सम्पन्न ७७ वर्षे वृद्ध आमाले अफन्तलाई देख्दा बने सबै भावुक


मोहन कुमार राई÷ जेष्ठ १७ गते। रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका वडा नं. १ स्थित पर्यटकीय स्थल नुनढाकीमा ४ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । 


गत शुक्रबारबाट सञ्चालन गरिएको उक्त शिविर सोमबार सम्पन्न भएको हो । कादुरी एग्रीकल्चर एड एशोसियसन ब्रिटिस गोर्खाज नेपाल द्धारा ४ दिन सम्म चलेको स्वास्थ्य सम्बन्धि शिविर नेपालभर वर्षको ३ ठाउँमा सञ्चालन हुने गरेको छ । शिविरमा आँखा सम्बन्धी रोगहरु, मोतिविन्दुको सल्यक्रिया,दाँतको समस्या, स्त्री रोग सम्बन्धि समस्या, तथा अन्य साधारण उपचार समेत सञ्चालन भएको संस्थाका प्रमुख क्याप्टेन राजन राईले जानकारी दिनुभयो । 


४ दिन सम्म सञ्चालन भएको शिविरमा ७ सय ७२ जना महिला र ५ सय ५१ जना पुरुष गरी जम्मा १ हजार ३ सय २३ जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेका थिए ।

जसमध्ये जनरल ओपिडी सेवामा ९ सय २ जना, स्त्री रोग सम्बन्धी २ सय ५६ जना, आखा उपचार ८ सय ६० जना, आखा अप्रेशन ३० जना,  ४ सय ५७ जना दाँतको उपचार, २ सय ३२ जनाको दाँत उखाल्ने, ७३ जनाको दाँत भर्ने लगायत विरामीहरुको उपचार पाएको संस्थाको सिनियर कर्मचारी हुम बहादुर रानाले जानकारी दिनुभयो । शिविरमा उपचार तथा लाग्ने औषधी, चस्मा समेत निःशुल्क प्रदान गरिएको थियो ।

 शिविरमा मादी नगरपालिका वडा नंं ९, फाविङ निवासी ७७ वर्षे एक वृद्ध महिला अलाली माया लिम्बूको  आँखाको शल्यक्रियापछि आफ्ना छोरा र नातीलाई देख्न पाउँदा खुसीको सिमा रहेन उपचारमा संलग्न डाक्टर तथा आफन्तहरु भावुक बनेको थियो । वृद्ध आमाले ३ वर्ष पहिलेदेखि दुवै आफ्ना आँखा देख्न नसक्दा अन्धकारमय जीवन जिउन वाध्य थियो ।

समग्र नगर तथा जिल्लाकै आर्थिक समृद्धिलाई टेवा पु¥याउने उद्देश्यका साथ स्थानीय स्तरदेखि पर्यटन विकासमा चालेको कदम सँगै नुनढाकीमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सडक लगायतको क्षेत्रमा निरन्तर पहलकदमी भइरहेको  नेपाली काँग्रेस महासमिति सदस्य दिपक लिम्बुले वताउनुभयो ।  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.