Websoft University

एमाले लेटाङको प्रथम अधिवेशन सुरु!


 शिव भट्टराई, मोरङ। नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले नेकपा एमालेले मात्र विकास र समृद्धिको सपना पुरा गर्न सक्ने बताउनु भएको छ ।

मोरङको लेटाङमा आज नेकपा एमालेको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता खतिवडाले वर्तमान सरकारले मन्त्रिमण्डल गठन गर्नै ३ महिना लगाएकाले यो सरकारबाट जनताले कुनै अपेक्षा नगरेको दावी गर्नुभयो । उहाँले यो

सरकारको काम अघिल्लो सरकारले गरेका विकासका योजनाहरुलाई खारेज गर्ने मात्र रहेको भन्दै देशको विकासका लागि नेकपा एमालेमा गोलबद्ध हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले अब ताजा जनादेश लिएर नेकपा एमाले पुन सरकारमा जाने र देश विकासको अभिभारा पुरागरेरै छाड्ने दावीगर्नुभयो । उहाँले नेकपा एमालेलाई समाप्त पार्ने कार्यभार लिएर पार्टी फुटाएका माधव नेपाल आफैं समाप्त भएर जाने भन्दै घर जलाएर खरानी ताप्नेहरुले पछुताउनु पर्ने बताउनुभयो । 

कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य रामलाल शाह, प्रदेश कमिटी सदस्य तथा पूर्वराज्यमन्त्री राजकुमार ओझा, प्रदेश कमिटी सदस्य डीपी राई, दहशेर राई, डिल्लीशर्मा अधिकारी, प्रदेश कमिटी सदस्य तथा एमाले लेटाङका पूर्वअध्यक्ष भूपेन्द्र लावती, लेटाङ नगर उपप्रमुख तथा अनेमसंघ प्रदेश कमिटी सदस्य कृष्णकुमारी निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभयो । यसैगरि नगर अधिवेशनको अवसरमा नेकपा एमाले पार्टीमा योगदान पुर्याउने तथा भूमिगत कालमा नेता कार्यकर्तालाई संरक्षण गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बालकृष्ण देवकोटा, चन्द्रप्रसाद गौतम, युवनाथ पौडेल, नेत्रकुमारी गौतम, अकलमान मगर, मानबहादुर बलम्पाकी, पर्शुराम खतिवडा, भीमा खतिवडा, हरिबहादुर माखिम मगर, रत्न घिमिरे, सावित्रा सुवेदी राईलाई दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गरिएको छ । सोही अवसरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल परित्याग गरि १ दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका थिए । नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नगर कमिटी अध्यक्षमा कृष्ण लुइँटेल र खगेन्द्र भण्डारीको दावेदारी रहेपनि सर्वसहमति जुटाएरै नगर कमिटी गठन गर्ने प्रयास भइरहेको सचिव डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.