Websoft University

२० जना व्यक्ति सम्मानित


 बिराटनगर । नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ ले प्रजातान्त्रिक आन्दोलनसँगै पार्टीको संगठन विस्तारमा योगदान पु¥याउने २० जना व्यक्तिलाई सम्मान गरेको हो । शुभदीपावली, छठ र नेपाल सम्वत्को अवसर पारेर विराट सामुदायिक भवनमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने र कांग्रेसको संगठन विस्तारमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा अश्विनी अर्याल, अजयबहादुर वर्मा, वसन्तलाल राजवंशी, अमरलाल सरदार, सुमित्रा अधिकारी, उमानाथ ढुंगेल, केदारलाल कर्ण, राधा अधिकारी, दिनानाथ बन्जरा, तेत्रीदेवी महतोलाई सम्मान गरिएको थियो । त्यस्तै हरिकुमार मानन्धर, महेश दाहाल, सरस्वतीदेवी कुर्मी, मिश्रीलाल कामत, नन्दु मण्डल, जनक राई, फागु ऋषिदेव, दुर्गानन्द कामत, कृष्णबहादुर ओझा र नेवालाल सरदार पनि सम्मानित भएका छन् ।

उनीहरूलाई नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, प्रदेश–१ संसदीय दलका प्रमुख सचेतक केदार कार्की, विराटनगरका मेयर भीम पराजुली, कांग्रेस वडा सभापति हरिनारायण यादवलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । अग्रजलाई सम्मान र युवा पुस्तालाई अवसर दिए मात्रै कांग्रेस वडा तहदेखि बलियो हुने देखेर सम्मान गरिएको वडा सभापति यादवले बताए । सम्मानित २० जना नै वडा नम्बर २ का बासिन्दा हुन् । उनीहरूले प्रजातान्त्रिक आन्दोलनसँगै कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका कारण वडाभरिबाट छनौट गरेर सम्मान गरिएको कांग्रेसका वडासचिव ज्ञानेन्द्र खड्काले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लिम्बूले आगामी निर्वाचनमा कांग्रेसलाई वडा तहदेखि नै जिताउने गरी अहिलेबाटै तयारीमा लाग्न आग्रह गरे । “कांग्रेसले जिते मात्रै जनतामा खुसी आउनेछ,” उनले भने, “कांग्रेसले नजितेकै कारण अहिले मुलुकमा राजनीतिक अस्थिरता देखिएको छ ।” कांग्रेसलाई बलियो बनाउन वडा तहदेखि नै संगठनलाई सशक्त बनाउनुपर्नेमा उनको जोड थियो । त्यस्तै प्रमुख सचेतक केदार कार्कीले आन्तरिक निर्वाचनमा भएको प्रतिस्पर्धालाई बिर्सिएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मेयर पराजुलीले कांग्रेस बलियो भयो भने मात्रै लोकतन्त्र बलियो हुने विचार राखे । 

क्षेत्र नम्बर ६ का सभापति निरन्जन रिजालले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरे । पार्टीभित्र घातअन्तरघात अन्त्य हुने हो भने कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे । कार्यक्रममा क्षेत्र नम्बर ६ ९ख० सभापति जितेन्द्र गोल्छा, प्रदेश सांसद विन्दिया कार्की, कांग्रेस विराटनगरका सभापति दीपक चापागाईं, सचिव झुमा निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.