Websoft University

उधोग संगठन मोरङद्धारा औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

 


बिराटनगर १४ कार्तिक। मौसममा आएको अप्रत्यासित बदलावका कारण गएको कार्तिक १ देखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढिबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानहरुमा परेको प्रभाव र क्षतिका सम्वन्धमा उद्योग संगठन मोरङले विवरण संकलन गरि बाढि पछिको प्रभाव मूल्याङ्कन प्रतिवेदन २०७८ तयार गरि आज मिति २०७८ कार्तिक १४ गते सार्वजनिक गरेको छ ।   

सरोकारवाला निकायहरुको सहभागितामा भएको कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्यगर्दा स्थानीय स्तरमा विषेश गरि उद्योग व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राख्दै प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्युनिकरणका लागी सरोकारवाला निकायको ध्यानाकृष्ट गर्ने उद्देश्यका साथ वाढी पछिको प्रभाव मूल्यांकन गरिएको वताए । 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले पूर्वाधार निर्माणको क्रममा अध्ययन, विश्लेशणका साथै सम्वन्धित पक्षका साथ गहन छलफल गरी निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने वताउदै आफनो क्षेत्रमा भईरहेको निर्माणका सम्वन्धमा नागरिकले पनि सम्वन्धित पक्षलाई खवरदारी गनुपर्ने धारणा व्यक्त गरे । 

सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उद्योगीहरुले अप्रत्याशित रुपमा आएको वाढीले उद्योग÷व्यवसायलाई पारेको क्षतिलाई राज्यले गम्भीर रुपमा लिई आगामी दिनमा सम्वन्धित सबै सरोकारवाला निकायहरुले पूर्वाधार निर्माणको क्रममा स्थानीय स्तरमा छलफल गरी योजना वनाउनु पर्ने विचार राखे । 

प्रतिवेदनको सारांश

बाढि पश्चाता तत्काल उद्योग संगठन मोरङले पहलकदमी लिई स्थलगत अवलोकन तथा अनलाईन मार्फत तथ्याकं सकलन गरेको थियो । संगठनमा आवद्ध उद्यमीहरुसंग विवरण माग गरिएकोमा ४१ वटा प्रभावित उद्योगहरुबाट विवरण प्राप्त भएको छ । ४१ वटा उद्योगमा रु २ अरब सढ्चालिस करोडको उनानब्बे लाख आठ हजार बराबरको क्षति भएको छ । जसमध्ये मेशिन औजारमा अनठानब्बे करोड शत्र लाख अठार हजार, कच्चा मालवस्तुमा एकहत्तर करोड पच्चिस लाख सत्तरी हजार, तयारी वस्तुमा छयत्तर करोड चार लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा एक करोड एकहत्तर लाख पैसाठ्ी हजार रुपैया बराबरको क्षति भएको छ । (हेर्नुहोस चित्र नं १) 

त्यसैगरि, बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रकृया अवरुद्ध हुदा स्थिर खर्च, प्रशासनिक खर्च लगायतका खर्चहरु, उत्पादनको अवसरमुल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको छ । ४१ वटा उद्योगहरुको दैनिक प्रशासनिक खर्च करिब ५ करोडको हाराहारीमा रहेको छ । बाढिबाट प्रभावित उद्योगहरु मध्ये २७ वटा उद्योगहरु एक हप्तासम्म सञ्चालनमा आउन सकेनन भने ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दाबढि समय लाग्ने भएको यस हिसाबले थप हुने खर्च सहजै आँकलन गर्न सकिन्छ । (हेर्नुहोस चित्र नं २) 

सबै भन्दा बढि प्रभावित उद्योगहरुको बुढिगंगा गाउपालिकामा, त्यस पछि क्रमशः दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, बिराटनगर महानगरपालिका र कटहरी गाउपालिकामा रहेको पाइएको छ । (हेर्नुहोस चित्र नं ३)  

विश्वव्यापी रुपमा मौसममा भएको परिर्वतन, वातावरण विनास आदिका कारण बेमौसमि विपत्तीहरुको सामाना गर्नु परिरहेको अवस्थामा कार्तिक महिनामा अप्रत्यासित रुपमा पानि पर्नु, केहि घण्टाको पानिले यो तहको क्षति तथा विनास गर्नु पक्कै पनि प्राकृतिक मात्रै नभएर मानव श्रृजित समस्या पनि हो । 


मानव श्रृजित यो समस्याको प्रमुख कारणमा अधिकाशं उद्योहरुबाट पानिको निकासको उचित प्रवन्ध नहुनु, पानि निकासको पहिले भएको संरचना बिनास गर्नु (जस्तो धरान बिराटनगर राजमार्गमा पूर्व पश्चिममा रहेका कल्भर्टहरु सबै छ लेनको बाटो बनाउदा हटाइनु), सडक लगायतका पूर्वाधार निर्माण गर्दा स्थानीय भौगोलिक अवस्थीति र स्थानीय आवाजलाई नजरअन्दाज गरिनु, सडक निर्माणमा अदुरदर्शिता लगायतका कारणहरुलाई प्रमुख रहेको पाइएको छ । 


निष्कर्ष तथा सुझावहरु 

१.बाढि व्यवस्थापन र क्षति न्यूनिकरणको एकिकृत योजना र प्रभावकारी संयन्त्र

 सुनसरी मोरङ कटहरी करिडोरका स्थानीय पालिकाहरु बिषेश गरि इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढिगंगा गाउपालिका, बिराटनगर महानगरपालिका, कटहरी गाउपालिका, प्रदेश सरकार एवं संघिय सरकार तिनै तहको सरकार र सरोकारवाला सबै पक्ष बसि एकिकृत योजना बनाउनु पर्दछ । 

 वाढीबाट हुने क्षति न्यूनिकरणका सन्दर्भमा साझा चिन्ता र चासोको बिषय बनाई आगामी दिनमा आउन सक्ने यस प्रकारको बिपत्तीका लागी आजैबाट तयारी थालिनु पर्दछ । 


 त्यसैगरि, समग्ररुपमा यस क्षेत्रमा बाढि तथा डुबान अर्थात जलउत्पन्न प्रकोप नियन्त्रण लगायतको डेडिकेटेड संयन्त्र बनाईनु पर्दछ जस्ले जलउत्पन्न प्रकोपको पूर्व अनुमान, सुचना संप्रेषण र पूर्व तयारी र क्षति न्यूनिकरणमा काम गर्नु पर्दछ । 

२. सडक तथा पूर्वाधार निर्माण 

 सडक तथा पूर्वाधार निर्माण गर्दा हाल भएको कालो पत्रे हटाई उचाई नबढ्ने गरि बनाइनु पर्दछ । 

 यो क्षेत्र १०० बर्ष अघि देखिको औद्योगिक क्षेत्र भएकोले सडक बनाउदा उद्योगमा पर्ने प्रभाव, पानि निकासी को प्रवन्ध आदिलाई नजरअन्दाज गरिनु हुदैन ।

 ६ लेनको सडक र हुलाकी राजमार्ग निर्माण भइरहेकोमा उद्योगमा पर्न सक्ने जोखिम तथा क्षतिलाई नजरअन्दाज गरिएकोले यसलाई सच्चाइनु पर्दछ । 

 स्थानीय भौगोलिग अवस्था र स्थानीय आवाजलाई समायोजन गरि उचित प्रवन्ध तत्कालखोजिनुपर्दछ । यी सडकहरु पनि निकासको भरपर्दो व्यवस्था नगरिकन निर्माण कार्य अघि बढाउनु हुदैन । 

३.स्थानीय खोला, खोल्सा तथा नालाको व्यवस्थापन 

 हाल भएको पानि निकासको खोला नाला पर्याप्त नभएकाले साइज बढाउनुका साथै भएका खोला नालाहरु जस्तो ट्याङ्ग्रा तथा इटहरी दक्षिण आउने नालाहरुको उचित व्यवस्थापन गर्नुपर्दछ । 

४. बिपद पछिको विद्युत व्यवस्थापन

वाढीका कारण करिब ४० घण्टा विद्युत प्रणाली अवरुद्ध भई अन्धकारको अवस्था बन्यो नेपाल विद्युत प्राधिकरणको दुहबी मूख्य स्टेशनमा डुबानका कारण विद्युत शुचारु हुन सकेन । दुहबीको स्टेशन प्रत्येक वर्ष डुब्ने भएकाले दीर्घकालिन समाधान खोज्नुका साथै आगामी दिनमा बाढिका बेला विद्युत अवरुद्ध नहुने गरि व्यवस्थापन गर्नू पर्दछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.