Websoft University

कर्णाली जलश्रोतको सातौं साधारणसभाः एक बर्षभित्र अपर चौरीखोला आयोजनाबाट बत्ति बाल्ने

 

काठमाडौ २०७८ कार्तिक १३ गते। रातो तारा डट कम,
पवित्रा दाहाल
काठमाडौं । कर्णाली जलश्रोत लिमिटेड (कार्जल) का अध्यक्ष लोकबहादुर रावतले अबको एक वर्षमा अपर चौरीखोला जलविद्युत आयोजनालाई सम्पन्न जानकारी गराएका छन् । राजधानीस्थित संवाद डबलीमा शनिबार सम्पन्न भएको कार्जलको सातौं साधारणसभा समक्ष प्रगति विवरण तथा आर्थिक आयव्यय विवरण पेश गर्दै अध्यक्ष रावतले कार्जल मुख्य कम्पनी रहेको चौरीखोला जलविद्युत आयोजनाको तीब्र गतिमा अगाडि बढिरहेको रावतले जानकारी गराए ।
अध्यक्ष रावतले गत साउन १५ मा कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र दुई सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक) ले संयुक्त लगानी गरेर वित्तिय व्यवस्थापन गर्ने सम्झौता भएपश्चात निर्माण कार्यले गति लिएको बताए । आफूहरुको झण्डै एक दशकको संघर्षपूर्ण यात्राले सफलताको दिशा पकडेको र अब जसरी भएपनि निर्धारित समयसीमा भित्र बत्ति बाल्ने चुनौती बाहेक अन्य समस्या नरहेको बताए ।
साधारणसभामा अध्यक्ष रावतले भने,“दुइओटा सरकारी बैंकहरुसँगको संयुक्त सम्झौताले आर्थिक समस्या हुँदैन । नेपाल विद्युत प्राधिकरणसँग पीपीए भएकाक कारण उत्पादन गरेको बिजुलीको मार्केटको पनि चिन्ता छैन, अनि लगानीकर्ताहरुको लगानी डुब्ने त कुरै भएन, बरु कार्जलको तर्फबाट लगानी गर्नुपर्ने हिस्सा भने अलि अप¥याप्त भयो, तपाईँहरुको संकटको घडिको साथ अमूल्य छ, त्यसका लागि धन्यवाद, अब लगानी थपेर सहयोगको अपेक्षा राख्छौं ।”
 काभ्रे र रामेछापको बीचमा रहेको चौरीखोलामा बन्न लागेको ६ मेगावाट आयोजनामा १ अर्ब १२ करोड कुल लागतमा निर्माण कार्य दु्रत गतिमा बनिरहेको छ, जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी सम्झौता भएको थियो ।
कार्जलका कानुनी सल्लाहकार लालबहादुर बस्नेतले स्थापना कालदेखि नै आफू सँगै रहँदाको अनुभव सुनाउँदै भने,“सञ्चालकहरुको दृढ प्रतिबद्धता, विश्वसनियता, कार्यप्रति लगनशीलता, पारदर्शीताको परिणाम कार्जलको पहिलो प्रोजेक्ट अपर चौरीखोला आयोजना बन्ने निश्चित भएको छ, यो टिमसँग रहन पाउँदा गर्वको महशुस भएको छ ।” बस्नेतले कानुनीदेखि लगानीकर्ताहरुको लगानी सुरुक्षाको विश्वसनियताको बलियो वातावरण सबै समक्ष प्रष्ट भएकोले सम्पूर्ण शेयर धनीहरुलाई लगानी थप्न सुझाव समेत दिए ।
कार्जलका बोर्ड सदस्य भैरवबहादुर बोहोराले आफूह्रुले छिट्टै अपर चौंरीखोला आयोजना सम्पन्न गरि अन्य दुईओटा आयोजना बनाउने तयारीमा लागिसकेको बताए । साधारण सभामा सदस्य अमर नारायण मालीले शेयर धनीलाई स्वागत गर्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । साधारणसभामा कार्जल माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष जुद्धबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.