Websoft University

सुन सफाई गर्ने वहानामा ठगी गर्ने दुई भारतीय पक्राऊ

 


श्याम राई÷उदयपुर  गाईघाट, १४ कार्तिक। सुन सफाई गर्ने वहानामा ठगी गर्ने दुई भारतीय पक्राऊ परेकाछन् ।

त्रियुगा नगरपाकिा–४ वगाहास्थीत तारा वहादुर राईकी छोरी कमलाको सुनको सिक्री सफा गर्ने भन्दै आधा तोला सुन चोरी गरेको अभियोगमा भारतको विहार सहरसाका ४५ वर्षिय अरुण साह र विहार सुपौलका ३० वर्षिय हरिराम साहलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीेले आईतबार पत्रकार सम्मेलन मार्फत भारतीय ठगहरुलाई सार्वजनिक गरेको हो ।‘ सुन सफागरि टल्काउने भन्दै आरोपीतहरु राईको घरमा शुक्रबार पुगेकारहेछन् । उनीहरुले कमलाले लगाएको एक तोलाको सुनको सिक्री सफा गर्दै गर्दा केमिकल लगाएर आधा तोला जति पगालेर निकालेको देखियो ।’ सूचना अधिकारी डिएसपी वेद प्रसाद गौतमले बताए ।

सुन सफा गरिसकेपछि तत्काल हेर्न नहुने भन्दै ठगहरुले झुक्काएका थिए । सफा गरेर दिएको केही बेरमा सुनको परिणाम घटेको देखेपछि पिडितले प्रहरीमाउजुरी दिएका थिए । तिन दिनको प्रयासपछि प्रहरीले शनीबार उनीहरुलाई पक्राऊ गरेको हो । उनीहरुको साथबाट केही टुक्रा सुन, पिताम्बर, सुन सफा गर्ने सामाग्री, एसिड लगायतका सामाग्री बरामद गरिएको छ । पक्राऊ गरिएकाहरुले अरु सर्वसाधरणहरुलाई समेत ठगी गरेको हुन सक्ने आशंकामा प्रहरीले आईतबार जिल्ला अदालत उदयपुरबाट दश दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.