Websoft University

सुन्दरहरैंचाका जनप्रतिनिधिले किसानका साथ मनाए असार १५-आज धान दिवस पनि हो।


शिव भट्टराई,मोरङ असार १५ गते । रातो तारा डट कम,सुन्दरहरैचा नगरपालिकाले यस वर्ष धान दिवस सुन्दरहरैचाको वडा नं ११ का किसानहरु सँग मनाएको छ।सोमबार बिहान नगरप्रमुख,उपप्रमुख र वडाध्यक्ष सहितको टोलीले सुन्दरहरैचा स्थित बेलेपुरमा रहेको विराट एग्रो फार्मका कृषकहरु सँग धान दिवस अर्थात असार १५ मनाएको हो ।

धान दिवसमा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले खेतमा आँफै हलो जोतेर धान दिवसको उद्घाटन गरेका थिए भने उपप्रमुख धनामाया तमाङले धानको बिउ रोपेर कार्यक्रम उद्घाटन गरेकी थिईन ।उक्त कार्यक्रम   भने निरु बजगाईंले सञ्चालन गरेकी थिइन्।  

मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । 

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.