Websoft University

देशका धेरै क्षेत्रमा वर्षा हुने भएकाले सतर्क अपनाउन मौसमविद्को अनुरोध


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक÷दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । आज राति देशका सबै प्रदेशहरूमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 

देशका अधिकांश ठाउँमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले त्यो क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.