Websoft University

कोरोना रोकथाममा सुन्दरहरैंचा ३ को सक्रियता, दलित बस्तीमा सचेतना जगाउँदै जनप्रतिनिधि

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ ले वडाका दलित बस्तीमा पुगेर कोरोना सचेतना कार्यक्रम गरेको छ । वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मी सहितको टोलीले वडाको आइतबारे

टोलमा पुगेर त्यस क्षेत्रमा बसोबास गर्ने दलित समुदायलाई लक्षित गरि कोरोना सचेतना कार्यक्रम गरेको हो । आइतबारे टोलमा बसोबास गर्ने विपन्न दलित परिवारलाई वडाका जनप्रतिनिधि सहितको टोलीले बस्तीमै पुगेर कोरोना सम्बन्धि सचेतना जगाउँदै कोरोनाबाट बच्न सुरक्षा सामाग्री समेत वितरण गरेको हो ।


टोलीमा सहभागि दुलारी स्वास्थ्य चौकी गछियाका इञ्चार्ज बाबुराम आचार्यले विश्व स्वास्थ्य संगठनले निर्देश गरे बामोजिमको हात धुने तरिका बारे जानकारी गराउनु भएको थियो । कोरोनाबाट बच्न खाना खानु अघि र घर बाहिरबाट आएपछि सावन पानीले हात धुनुपर्ने, समाजिक दुरी कामय गर्नुपर्ने, मास्क लगाउनु पर्ने र केही स्वास्थ्य समस्या देखिए तत्काल जनप्रतिनिधि वा स्वास्थ्यकर्मीलाई खबर गर्ने विषयमा दलित समुदायलाई जानकारी गराइयो । साथै उनीहरुलाई प्रति परिवार एक/एक प्याकेट मास्क, हात धुने सावन र औषधि समेत वितरण गरिएको छ ।

वडाध्यक्ष जीवन प्रसाद ढुंगानाले विपन्न अवस्थाका दलित समुदायलाई कोरोनाबाट बचाउने उद्देश्यका साथ करिव ५० घर परिवारलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै कोरोना सम्बन्धि सचेतना जगाउने काम गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा वडा सदस्यहरु शान्ता सिटौला, देवीमाया बोगटी, श्यामनारायण चौधरी, समन्वय गर्ने संस्था गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा लि इटहरीका प्रवन्ध निर्देशक तथा पत्रकार रेवती निरौला, पत्रकार शिव भट्टराई भोजपुर, दीपक कार्की लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.