Websoft University

सुकुम्बासीलाई हटाउने षडयन्त्रको बिरोधमा उत्रिए जनता


श्याम राई-उदयपुर गाईघाट, १६ असार । रातो तारा डट कम, कबुलियती वन दर्ता गरेर सुकुम्बासीलाई हटाउने षडयन्त्र गरेको भन्दै स्थानीयले बेलका नगरपालिकामा बुधबार तोडफोड गरेपछि प्रहरीसँग झडप भएको छ ।


झडपमा आन्दोलनकारी र प्रहरीगरि १०जना घाईते भएकाछन् । भने १४ जना पक्राऊ परेकाछन् । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुर र धरानस्थीत विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिका घेर्न गएका वडा न. ३, ८, ९ का सँयौ संख्यामा स्थानिय बासिन्दाहरुले नगरपालिकामा ढुंगा, मुडा गर्न थालेपछि प्रहरीले ८ राउण्ड हवाई फायर र ६ सेल अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुुसार बेलका नपा–३ स्थित कोशी टप्पुको करिब १७६ दशमलब २३ हेक्टर जमिन कबुलियत वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएकाछन् । स्थानीय आफूहरु बसोबास गरेको जमिनमा कबुलियत बनाउन नगरपालिकाले सिफारीस गरेको भन्दै स्थानीयहरु आक्रोसीत बनेका थिए ।

दिउँसो सो विषयमा ३ सयको संख्या छलफलको लागि आएका स्थानीयसँग कुरा नमिलेपछि उनीहरु तोडफोडमा उत्रिएका थिए । नगरपालिकाका कर्मचारी गोपाल निरौलाले स्थानीय छलफलकै क्रममा तोडफोडमा उत्रिएको बताए । उनले मेयर दुर्गा थापाको कार्यक्रम र सभाहल तोडफोड भएको बताए ।

कबुलियत वन ठेक्का लिने बराह हर्वल एण्ड एग्रो प्रा.ली. सुनसरीका संचालक निलहरी काफ्लेले स्थानीयलाई उठाउने प्रयास गरेको उक्त कार्यमा मेयरको समर्थन रहेको नेपाली कांग्रेस बेलकाका नगर सचिब सुशिल सेढाईले बताए ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.