Websoft University

साहारा बचत तथा ऋण सहकारी संस्था कोभिडको समयमा साहारा बन्दै!


 शिव भट्टराई, मोरङ । रातो तारा डट कम,कोभिड १९ को दोश्रो लहर रोकथाम तथा न्युनिकरणका लागी सहारा नेपाल र फेयरमेड नेपालले साझेदारीमा विभिन्न स्थानीय निकायका प्रमुखहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।


संस्थाले मोरंग जिल्लाका रतुवामाई, सुनवर्सी, सुन्दरहरैचा, धनपालथान, कटहरी नगरपालिका लगायत स्थानिय तहका नगरप्रमुख/उपप्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई हस्तान्तरण गरेको हो।

 


स्वास्थ्य सामाग्रीमा अक्सोमिटर ८ पिस, मेडीकल फेस माक्स १३०० पिस, डक्टर गोल्बस ६० पिस, फेस सिल्ड २०० पिस, सेनिटाईजर २० लिटर, डिस्पोजेबल गोल्बस २०० पिस र फुल पिपिई सेट २० पिस लगायत रहेका थिए भने उक्त सामाग्रीहरु रतुवामाईमा उपमेयर दयन्त देवी चुडाल र स्वास्थ शाखा प्रमुख सन्तोष कुमार साह ज्युलाई, सुन्दरहरैचामा मेयर शिव प्रसाद ढकाल, सुनवर्सीमा नगरप्रमुख कालि प्रसाद दास र स्वास्थ शाखा प्रमुख अभिमन्यु दास, धनपालथानमा नगरप्रमुख हरिलाल सिंह र स्वास्थ शाखा प्रमुख ऋषिराज सेठ र कटहरीका नगरप्रमुख राम कुमार कामत र स्वास्थ शाखा प्रमुख शैलेन्द्र कुमार गुप्ता लगायतलाई साहारा नेपालका अनुगमन अधिकृतद्धय ओम प्रकाश साह र  रतन तिम्सीना साथै सेवा केन्द्र सिजुवा प्रमुख लोकनाथ भट्टराई, बिराटचोक प्रमुख मोतिखर संजेल, भौडाहा सेवा केन्द्र प्रमुख चन्दुलाल विस्वास, करसीया सेवा केन्द्र प्रमुख अमिप कुमार गण्ेश र कटहरी सेवा केन्द्र प्रमुख नारायण पौडेल, र कर्मचारीहरु बिस्वास निरौला, रमेश सरदार, तिर्थप्रसाद यादव, नारायण चौधरी, भुपेन्द्र सापकोटा र प्रमोद यादव लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।

साहारा नेपाल एक वित्तिय संस्था भए पनि समाजिक कार्य र मानविय कार्यमा उतिकै सक्रिय रहेको भन्दै स्वास्थ्य सँग जोडीएको सामाग्रीहरु पालिकालाई हस्तान्तरण गरेकोमा नगर प्रमुखहरुले सहारा नेपाललाई धन्यवाद प्रदान गरेका थिए।

सहयोग हस्तान्तरण गर्दै सहारा नेपालले संकटको बेला जनसमुदायको हितमा सहयोगीमुखी कार्यक्रम ल्याउदै गरेको र गत वर्ष पनि कोभीड १९का कारण लकडाउनको समयमा सहारा नेपालले विपन्न परिवारका लागि भनेर पालिकाहरुमा खाद्धान्न सामाग्री हस्तान्तरण गरेको त्यसैगरी भविष्यमा पनि प्रभावकारी कार्यक्रमहरुलाई निरन्तरता ल्याउने अनुगमन प्रमुख साहले जानकारी दिए।

त्यसै क्रममा साहारा नेपालबाट सुन्दरहरैचा नगरपालिका वाड नं.११ मा सञ्चालित सुनौलो साहारा महिला समुह कि सदस्य रनमाया धिमालको श्रीमान गजेन्द्र धिमालको मिती २०७७ पौष २३ गतेका दिन मृत्यु भएकोले संस्थाको कर्जा शुरक्षण निती अनुसार निज सदस्यले लिएको कर्जा रु.१०५०००। आज एक कार्यक्रम सञ्चालन गरी कर्जा मिनाहा गरीएको बिराटचोक शाखा प्रमुख मोतिखर संजेलले जानकारी दिएका छन्। उक्त कार्यक्रम कर्मचारी भुपेन्द्र सापकोटाले सञ्चालन गरेका थिए।

त्यसैगरी सहारा नेपाल लेटांग सेवा केन्द अन्तर्गत सब्जी खेती गर्ने किसानलाई बेमौसमी सब्जी खेती गर्न थप प्रोत्साहन गर्नका लागी लेटांग नगरपालिका र केराबाँरी गाउपालिकाका १० परिवार किसानलाई सब्जी खेती टनेल समेत वितरण गरीएको अधिकृत साहले जानकारी गराए । उक्त टनेल बितरण कार्यक्रममा लेटांग सेवा केन्द्रका प्रमुख सुनिल राईको समेत उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.