Websoft University

माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाउने


काठमाण्डौ असोज १७ गते । रातो तारा डट कम, नेकपा माओवादी केन्द्रले सरकारमा मन्त्रीको रुपमा जाने नेताहरूको बारेमा निर्णय गर्न आज स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडामा सुरु हुने बैठकमा सरकारमा जाने नेताहरूको बारेमा छलफलगरी टुङ्गोमा पुगिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठक बस्ने समय भने निश्चित नभएको उहाँले बताउनुभयो । मन्त्रीका आकाङ्क्षी धेरै भएपछि निर्णयमा पुग्न माओवादी केन्द्र नेतृत्वलाई समस्या भएको छ । हिजोको स्थायी कमिटी बैठकमा विद्यार्थी सङ्गठनको नेतृत्व चयनको बारेमा मात्रै कुराकानी भएको प्रवक्ता महराले जानकारी दिनुभयो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.