Websoft University

क्रिकेटका आज पनि दुई खेल हुने– विराटनगर वारियर्स लिग चरणबाटै बाहिरियो


काठमाण्डौ असोज १७ गते । रातो तारा डट कम, चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि दुई खेलहरू हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । 

काठमाडौं र विराटनगरबीचको खेल बिहान साढे ९ मा सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र चितवनबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । 

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अङ्क जोडेको छ । यसअघि हिजो भएको खेलमा विराटनगर वारियर्स लिग चरणबाटै बाहिरिएको छ । पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगैै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो । 

टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । यस्तै हिजै हुने भनिएको भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स–११ बीचको खेल स्थगित भएको थियो । टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र काठमाडौंबीचको खेल स्थगित गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.