Websoft University

बजार अनुगमनमा भेटिएको कमीकम्जोरीलाई छुट नहुने

मोहन कुमार राई÷ असोज १७ गते । रातो तारा डट कम, संखुवासभा अव बजारअनुगमनमा भेटीएका गल्तीलाई कुनैहालतमा छुट नदिने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । 


व्यापार तथा व्यवसायलाई लक्षित गरी पहिलो पटक संखुवासभाको चैनपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उद्योग व्यवसायी तथा व्यापारीहरुलाई जानकार गराएको थियो । 


“स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा सहजीकरण गर्नुहुँदै शनिबार आन्तरीक राजस्व कार्यालय सुनसरीका कर अधिकृत गोपाल राईले करदातालाई कर कार्यालयसम्म पुग्दा वीचमा हुने अन्य खर्च घटाउन, करछली हटाउन, कर प्रति नकारात्मक धारणा हटाउन, स्तस्फुर्त कर तिर्न उत्सुक हुने, मिसम्याच, डे.वान, डेटु, डेथ्री लगायतको बारेमा जानकार उराउने कार्यक्रमको उद्देश्य  रहेको वताउनुभयो ।   

नयाँ करदाताको लागि करको दायरामा ल्याउने उदेश्यका साथ गरिएको कार्याक्रममा पहिला कर शिक्षा त्यसपछि बजार अनुगमन गरिने अनुगमनमा भेटीएका कमीकम्जोरीलाई छुट दिन नमिल्ने आन्तरिक राजश्व कार्यालय धरान,सुनसरीका प्रमुख कर अधिकृत तिर्थराज बरलले वताउनुभयो । 

मानव स्वास्थ्य र वातावरणमा असर गर्ने सूर्तिजन्य तथा मदिराजन्य वस्तुहरु विक्रिको लागि इजाजत पत्र लिएर  अन्तशुल्क बुझाएको हुनुपर्ने, करको कानुन प्रत्येक आर्थिक वर्षमा परिवर्तन हुने भएकाले कर क्लियरेन्स गर्नुपर्ने, वस्तु तथा सेवाको खरिद विक्री गरिएको आर्थिक क्रियाकलापको अभिलेख अनिवार्य राख्नुपर्ने, अन्तशुल्क लाग्ने वस्तुको स्टीकर नक्ली वा सक्ली ख्याल गरेरमात्र खरिदविक्री गर्नुपर्ने, प्रमुख कर अधिकृत बरालले वताउनुभयो । यदि नियम विपरित गने व्यपारी,व्यवसायीले कानुनबमोजिम कैद र जरिवाना दुवै वेहोर्नुपर्ने समेत व्यवासायीहरुलाई प्रमुख कर अधिकृत बरालले  जानकारी दिनुभयो । यस किसिमको कार्यक्रम जिल्लाको व्यापारीक केन्द्र खाँदवारी, चैनपुर, मादी लगायतको क्षेत्रमा गरिने कर अधिकृत राईले वताउनुभयो । करपाटी, खरिद खाता, विक्री खाता, मौजदात बुक कार्यस्थलमा अनिवार्य राख्नुपर्ने नराखेमा जरिवाना हुने कर कायालयले सुझाएको छ ।  

कार्यक्रममा करदाता सेवा कार्यालय संखुवासभा खाँदवारीका प्रमुख चिरन्जीवी काफ्ले करदाताहरुलाई कर सम्बन्धी कामको बारेमा  आवश्यक  राय सल्लाह सुझाव सम्र्क गरेर लिन सकिने बताउनुभयो । यसैगरी लेखा परीक्षक राजिव श्रेष्ठले विभिन्न राजस्व, टिडिएस, लगायत आर्थिक कारोबारको विषयमा निःशुल्क तालिमको व्यवस्था गर्ने समेत जनाउनुभएको थियो । यस किसिमको करदाता शिक्षा पहिलो पटक यस क्षत्रमा भएको चैनपुर उद्योग वाणिज्यसंघ चैनपुरका महासचिव दोर्ची शेपाले वताउनुहुँदै एउटै पसलमा सबै किसिमको वस्तु विक्री गर्ने व्यवसायीको लागि राजश्व भुक्तानीमा कठिनाइ हुने वताउनु  भयो । एउटै करदाता नगपालिका, घरेलु, राजस्व कार्यालय धाउनु  पर्ने झन्झटीलोपना हटाउन करको एकद्वार प्रर्णाली हुनुपर्ने पोखरी बजार व्यवस्थापन समितिका अध्यक्ष दलकुमार तामाङले वतउनुभयो । 

चैनपुर नगरपालिकाको पोखरी स्थित वडाकार्यालयको सभाहलमा भएको कार्यक्रममा उद्योग वाणिज्यसंघका प्रनिनिधि, व्यपारी,  व्यसायी, स्थानीयवासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.