Websoft University

संखुवासभामा बस दुर्घटना १५ को मृत्यु


मोहन कुमार राई÷ फाल्गुण २६ गते । रातो तारा डट कम, संखुवासभा जिल्ला मादी नगरपालिका स्थित  ७ घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । 

मादी ओखरबोटेबाट इटहरी तर्फ छुटेको बा ४ख  ७३५ नम्बरको रेसम फिलिलि यात्रुबहाक बस विहान ७ः ४५ बजे दुर्घटना हुँदा १४ जनाको  घटना स्थलमै र १ को उपचारको क्रमा मृत्यु भएको छ । घाइतहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पु¥याइएको थियो । त्यहा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्धारा बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएको थियो । 

थप उपचारको लागि मादी न.पा. ६ वस्ने वर्ष २२ की तुलसा कटुवाल,  वर्ष ५० को डम्बर ब.कार्की, मादी ४  उम्लिङ वस्ने  वर्ष २४ की करिश्मा तामाङ, वर्ष २४ को सुवास तामाङ, मादी ५ वस्ने युका पोखरेल (गम्भीर घाइते) लाई सेनाको हेलिकप्टरबाट विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको थियो । 

दुर्घटनामा मृत्यु हुनेहरुमा मादी ६ वस्ने वर्ष ३० की सीता विक, वर्ष ३२ की अञ्जना कटुवाल, वर्ष ५ की दीक्षा कटुवाल, मादी ४ वस्ने वर्ष ६० को बल बहादुर कार्की, वर्ष २८ की सविता कार्की, मादी ५ का वर्ष ४९ को भवानी प्रसाद दाहाल, वर्ष ४८ को दिपक कुमार दाहाल, वर्ष ५५ को श्याम शेर्पा, सह चालक मादी ५ का उमेश भट्टराई मादी २ वस्ने वर्ष ४२ को इन्द्र अधिकारी, जिल्ला ताप्लेजुङ्गका वर्ष ३१ की समिक्षा योञ्जन, समिक्षा योञ्जनका छोरा वर्ष ८ को सुदिप घिसिङ, जिल्ला तेह्रथुम फाक्सामारा वस्ने चालक वर्ष ३१ को विपिन निरौला र थप उपचारमा लानेक्रममा मृत्यु हुने युका पोखरेल गरी जम्मा १५ जनाको बस दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

विहान ७ः ४५ बजे भएको मादी बस दुर्घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्र.ना. उ लालध्वज सुवेदी सुवेदी सहित इलाका प्रहरी कार्यालय चैनपुरको टोली समेत घटना स्थलमा खटिई गएको स्रोतले जनाएको छ ।  






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.