Websoft University

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम


विराटनगर साउन १७ गते । रातो तारा डट कम,मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै आएको योगदानलाई मध्यनजर गरी आर्थिक क्ष्ँेत्रमा आवद्ध संचारकर्मीहरुका साथ उद्योग संगठन मोरङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १, नेपाल पत्रकार महासंघ मोरङ र आर्थिक पत्रकार समाज नेपाल (सेजन) को संयूक्त आयोजनामा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एकदिने अनुशिक्षण कार्यक्रम आज मिति २०७८ श्रावण १७ गते सम्पन्न भयो ।   

संगठनका अध्यक्ष सुयष प्याकुरेलले देशको आर्थिक समृद्धिमा संचारमाध्यमको भुमिका महत्वपुर्ण हुने वताउदै आर्थिक क्षेत्रका मुद्धालाई संचार माध्यमले संसक्त रुपमा उठाउनु पर्नेमा जोड दिए । उनले संचार माध्यम राष्ट्रको चौथो अंग भएकाले नीजि क्षेत्रले भोग्दै आएका समस्या र विषयलाई संचारकर्मिहरुले राज्य समक्ष उठाई समस्या समाधानमा झकझकाउनु पर्ने विचार व्यक्त गरे । अध्यक्ष प्याकुरेलले एकदिने अनुशिक्षण कार्यक्रमले यस प्रदेश नं. १ तथा विराटनगरलाई कार्यक्ष्ँेत्र वनाएर आर्थिक क्ष्ँेत्रमा कलम चलाउदै आएका सचारकर्मीहरुलाई आर्थिक एवं उद्योग व्यवसायको विकास, आर्थिक पत्रकारीताले समेट्ने क्षेत्र लगायतका विषयमा प्रष्ट पार्ने वताउदै संचारजगतले नीजि क्षेत्रको आवाजलाई प्रभावकारी रुपमा माथिल्लो निकाय सम्म पु¥याउने विश्वास व्यक्त गरे । 

नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्ष लिलावल्लभ घिमिरेले आर्थिक क्षेत्रमा संचारकर्मीलाई भिज्न अनुरोध गर्दै अवका दिन समाचारका प्यार्टन परिवर्तन गर्नुपर्ने वताए । उनले मुलुकको आर्थिक एवं औैद्योगिक विकासमा मोरङ अब्बल भएको बताउदै यस क्षेत्रले भोग्दै आएका समस्यालाई  प्रभावकारी रुपमा उठाउदै आर्थिक समृद्धिमा सहयोग पु¥याउनु पर्नेमा जोड दिए । 

आर्थिक पत्रकार समाज नेपाल (सेजन) का अध्यक्ष भीम गौतमले आर्थिक पत्रकारिता र व्यवसायीक आचार सहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै आर्थिक पत्रकारिताले अर्थतन्त्र, व्यापार व्यवसाय, लगानी, उत्पादन उपभोग, वैदेशिक व्यापार लगायतका गतिविधि, योजना तथा कार्यक्रम वारे सूचना सम्प्रेषण, अभिलेख र तथ्यांकको विश्लेषण गर्नुपर्ने वताए । उनले विधिको शासन लागु गराउन संचारकर्मीले सदैव खवरदारी गर्न अनुरोध स्वच्छ पत्रकारिता ठूलो औजारभएकोधारणा राखे । 

आर्थिक पत्रकार समाज नेपाल (सेजन) का निवर्तमान अध्यक्ष पुष्करराज आचार्यले नीजि क्षेत्र र पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्दै देशको दुई तिहाई लगानी र नब्बे प्रतिशत भन्दा वढी रोजगारीको श्रोत नीजि क्षेत्र भएकाले खुला वजार अर्थतन्त्रमा सरकारले अंकुश लाउने भन्दा प्रतिष्पर्धा प्रवद्र्धन गराई उपभोक्ताको संरक्षण गर्नुपर्ने वताए । निवर्तमान अध्यक्ष आचार्यले खुला वजार नीति अवलम्वन गरेको नीजि क्षेत्रको रिर्पोटिङ कसरी गर्ने, सूचना प्राप्तीका श्रोत के के हुन भन्ने विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राखे । 

अनुशिक्षणमा उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य ईन्द्र खत्री (राजन), पारस लुनियाका साथै प्रदेश नं. १ तथा विराटनगरलाई कार्यक्ष्ँेत्र वनाएर आर्थिक क्ष्ँेत्रमा कलम चलाउदै आएको विभिन्न संचार माध्यमका वीश संचारकर्मीहरुको सहभागिता रहेको थियो ।    


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.