Websoft University

एमसीसी सबै पाटी युवा नेता अगि सरेर जनतालाई साथ दिदै सदनबाटै फेल गराउनु उचित हुन्छ


काठमाण्डौ माघ १८ गते । रातो तारा डट कम, यो एमसीसी सहयोग आम नेपाली जनताले चाहिदैन भनिरहेका  छन । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एउटा अमेरिकी सेनाको कार्याक्रम हो । यो अहिले कमिशनको खेलमा केहि नेताहरु परेर नेपाल र नेपाली जनतालाई सही कुराको ढाक छोप गर्दै, जवनस्र्ती सदन बाट पास गराउन देउवा सरकार लागि परेको छ ।

 देउवा सरकारले गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी परियोजना संसदबाट पारित गराउनुपर्ने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसोधन नगरी एमसीसी पारित गर्न नहुने अडानमा छन् । 

आज सम्म नेपाललाई सहयोग गर्ने कुनै पनि ठुला दात्री राष्ट्रहरुले सदनबाट पास नगरी सहयोग गरेका छन भने यो चै किन सदनमै पास गर्नु पर्ने भने आम नेपाली जनताले सरकार संग प्रश्न गरिरहेका छन ।

अहिले इडियान सरकारले हाम्रो इलाम देखि तराइका धेरै ठाउमा र सुस्ता कालापानी लिपुलेक लिप्याधुरा कब्जा गरेको छ तर चुइक कोही इडियाको बिरोधमा नबोल्ने अनि जनताले हामीलाई चाहिदैन भनेको एमसीसी सदनमा पास गराउन मरिमेटेको देखेर आम नेपाली जनताहरु अहिले आक्रोस भएका छन ।

छिमेकी इडियामा हेर्ने हो भने अहिले आम जनताले भाजपा इडियान सरकारलाई भारतिया जनताले चुनावमा पत्ता साप गराउदै छन । यो अवस्था अव आउने चुनावमा आम नेपाली जनताले एमसीसी बोकेर हिड्नेहरुको नेपालमा पनि पत्ता साप गराउने समय कुरेर नेपाली जनता बसेका छन । 

अहिले आउने अमेरिकी सेना इडिायको बागडुग्रा र गोरखपुरमा बटालिन नै खडा गरेर बसेका छन र त्यहा बाट नेपालमा सिबिलमा मात्र आउने यहाको अध्यान गर्ने गरेको आम नेपाली जनताले आरोप लगाइरहेका छन । एमसीसी सदनबाट पास हुने बितिकै दुबै बटालिन ले नेपालमा खुल्ला रुपमा अमेरिकी ब्यारेक बनाएर आफनो हतियार ड्ेस सगै नेपाल प्रवेश गर्ने आम नेपाली जनमानसमा खुप यसबेला बहस चलिरहेको पाइन्छ । 

यस्तो गहन बिषयमा सबै पाटीका युवा नेता वा युवा पुस्ताले बुझेर जनताको साथमा बोलेर सदनमै भए पनि फेल गराउनु पर्छ भनेर नेपाली जनताले सुजाव दिइ रहेका छन ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.