Websoft University

प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण भएको भन्दै नेताहरू लाई पनि भेट्न दिएन- अस्पतालले बिज्ञप्ति जारी गर्यो


बिराटनगर कार्तिक १२ गते । रातो तारा डट कम,
प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

केहीबेरअघि  विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका हुन्। बिहान ४स्३० बजे प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन्। शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या आएकाले बिहानै महाराजगन्जस्थित उक्त अस्पताल पुर्‍याइएको थियो।

उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बिहानै अस्पताल पुगेका छन्।  नेकपा महासचिव विष्णु पौडेल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा पनि अस्पताल पुगेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.