Websoft University

अनाधिकृत रुपमा गिटी बालुवा उत्खनन गर्ने टिपर र ट्याक्टर प्रहरी नियन्त्रणमा


बिराटनगर,कार्तिक १३ गते । रातो तारा डट कम,केराबारीको भलुवा खोलाबाट अनाधिकृत रुपमा गिटी बालुवा उत्खनन गरी निकासीका लागि लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय केराबारीले १० ओटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
     
प्रतिबन्धित क्षेत्रबाट गिटी बालुवा उत्खनन गरी चोरीमा संलग्न रहेको भन्दै इप्रका केराबारीको टोलीले ८ ओटा हाइवा र २ ओटा टिपर नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ना.६ख ६०५७,ना.७ ख. ३२२०,ना.५ख.६८८९,ना.७ ख.९०१५,ना.७ ख.३६३९ नम्बरको हाइवा रहेका छन् । 

त्यसैगरी चोरीमा संलग्न को.१ख.४३९६ ,को.१ख.४६९८,का.१ ख.५००४ र को १ख. ५६२९ नम्बरको हाइवा तथा टिपरलाई इलाका प्रहरी कार्यालय केराबारीको नियन्त्रणमा राखिएको 
छ । सवारी साधनहरुलाई आवश्यक कार्वाही गरी छाडिने इलाका प्रहरी कार्यालय केराबारीले बताएको छ । 
     
खोला ठेक्का लागेपनि ठेकेदार कम्पनीले ठेक्का सम्झौता बापतको रकम बुझाई नसकेको र गाउपालिकाले खोला ठे्क्का सम्झौता गरी नसकेको हुँदा उत्खननमा संलग्न सवारी साधन पक्राउ गरिएको प्रहरीले बताइएको छ । 
     
विगतमा जिल्ला समन्वय समितिले खोला ठेक्का लगाउदै आएपनि स्थानीय तह संञ्चालन कार्यवीधि अनुसार चालु वषर््मा केराबारी गाउँपालिकाले खोला ठेक्का लगाएको थियो । 

यदपी खोला ठेक्का लागेपनि ठेकेदार कम्पनीले सम्झौता गरीनसकेको हुँदा उत्खननमा रोक लगाइएको र गाउपालिकाको निर्णयपछि इआइइ गरीसकेको क्षेत्रबाट मापदण्ड अुनसार ढुंगा गिटी उत्खनन गर्न दिइने भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.