Websoft University

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण प्रतिवेदन हस्तान्तरण


विराटनगर | लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपश्चात प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय तिम्सिनाले महानगरका मेयर नागेश कोइरालालाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो । 

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार लैससासको स्थिति स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरले पनि लैससास सम्बन्धी आफ्नो परीक्षण प्रतिवेदन तयार पारेको हो । लैससासको सयवटा सूचकहरुमा आधारित रहेर परीक्षण प्रतिवेदन तयार पारिएको उपाध्यायले बताउनुभयो । जसमा १ सय पूर्णांकमा ७४ दशमलव ५ अंक प्राप्त गर्न महानगर सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ७० दशमलव ५ अंक थियो । लैससासको स्थितिमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नीति, कानुन तथा योजना, संस्थागत व्यवस्था, मानव सशांधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मुख्य विषय रहेको लैससास परीक्षणमा २२ वटा सहायक विषय र एक सयवटा सूचकमा केन्द्रित रहेर परीक्षण गरिएको थियो । जसमा गत पुस २५ र २९ गते दुईवटा लैससास परीक्षणकार्यशालासमेत सञ्चालन गरिएको थियो । कार्यशालामा सरोकारवाला सबैको सहभागिता रहेको थियो । कार्यशालामा सहभागीहरुले सयवटा सूचकमा अंक प्रदान गरेका थिए । प्रतिवेदन बुझ्दै मेयर कोइरालाले लैससास परीक्षण प्रतिवेदनले उठाएका सवालहरुलाई सम्बोधन गर्दै महानगरपालिकालाई कसरी सर्वोत्कृष्ट बनाउनसकिन्छत्यसका लागिसबैलाई पहल र प्रयास गर्न आग्रह गर्नुभयो ।

उपमेयर कार्कीले परीक्षण प्रतिवेदन गहन अध्ययन र सरोकारवालाहरुको सहभागिताबाट तयार पारिएको बताउनुभयो । प्रतिवेदनले महानगरको लैससासको पछिल्लो अवस्था के थियो भन्ने प्रस्ट भएको कार्कीले बताउनुभयो । चालु आर्थिक वर्षमा लैससासको स्थितिलाई अझै सुधार गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन आइसकेको उहाँको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगत, कार्यपालिका सदस्य सरिता घिमिरे, खुश्बु विश्वकर्मा, महानगरका सामान्य प्रशासन प्रमुख अर्जुन थपलिया, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनी, कानुन शाखाकी प्रमुख शारदा थपलिया, सूचना अधिकारी अनिता कोइरालालगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.