Websoft University

कान्तिपुर कलेजमा आइटी एक्सपो क्यारियर काउन्सिलिङ सुरु


विराटनगर । विराटनगर–१० मेनरोडमा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ ।

 तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने करिव ५ सय भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभ लिने कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । कलेजमा अध्ययनरत करिव २ हजार विद्यार्थीहरुले उच्च शिक्षाको साथ साथै व्यवहारीक तथा जीवनोपयोगी शिक्षा समेत लिने प्रिन्सिपल नेपालले जानकारी दिए । एक्सपोमा विराटनगरका विभिन्न स्कुलमा कक्षा–९ र १० मा अध्ययनरत करीव एक हजार विद्यार्थीहरुले समेत अवलोकन गर्ने कलेजका प्रिन्सिपल नेपालले जानकारी गराए ।

 इनोभेट नेपाल ग्रुपको सहकार्यमा सञ्चालित आइटि एक्सपोमा कलेजका सञ्चालकहरु तथा आइटी विज्ञहरु इन्जिनियर जयनाथ यादव, ई. देविलाल महतो, शंकर काफ्ले, ई. मञ्जयकुमार यादव साथै इनोभेट नेपाल ग्रुपका विकेक दाहल विराटनगर इन्टरनेशनल कलेजका प्रमुख गोविन्द थापा, आइटी विज्ञहरु भुषण लुइटेल, रोमन बुर्लाकोटी, पवन रेग्मीको उपस्थिति रहेको थियो ।

 आइटि एक्सपोमा विद्यार्थीहरुले सफ्टवयेर निर्माण, ए.आइ., इथिकल ह्याकिङ, साइवर सेक्युरेटी, मल्टिमिडिया, प्रोग्रामिङ आदिको विषयमा अवलोकन तथा ज्ञान आर्जन गर्ने प्रिन्सिपल नेपालले बताए । इन्जिनियर एशोसिएसन कोशी प्रदेश सभापति तथा कान्तिपुर कलेजका निर्देशक ई. जयनाथ यादवले आइटी विषयको महत्व साथै जीवीकोपार्जन तथा समय सापेक्ष शिक्षाको लागि आइ.टी अपरिहार्य भएको बताए । को–र्डिनेटरद्धय रोशन राजवंशी र हिमाल वरालले कार्यक्रमको संयोजन गरेका थिए ।

 कक्षा–११ र १२ सकिने वित्तिकै किशोरावस्थामा नै विद्यार्थीहरु उच्च शिक्षाकालागि देश छोडेर बाहिर जाने भएकाले नेपालमै मेडिकल, इन्जिनियरीङ्, आइटी र व्यवस्थापन आदि क्षेत्रमा पनि विद्यार्थीहरुको उज्जवल भविष्य रहेको  प्रिन्सिपल नेपालले बताए ।

 कान्तिपुर कलेजले दक्ष जनशक्ति निर्माणकालागि मेडिकल, इन्जिनियरीङ, आइटी, सिम्याट लगायतका तयारी कक्षाहरु गराउदै आएको छ । उच्च शिक्षा प्रारम्भको आधार स्तम्भको रुपमा कोशी प्रदेशकै नमुना तथा उत्कृष्ट कलेजको रुपमा स्थापित भइसकेको कान्तिपुर कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटेल व्यवस्थापन सङ्काय पढाई हुने गरेको र कक्षा–११ र १२ मात्र नभइ उच्च शिक्षाको लागि विद्यार्थीहरुलाई सहजीकरण गर्ने भएकाले एसइई दिदै गरेका विद्यार्थीलाई सफलताको शुभकामना दिदै एसइई नतिजा पछि कान्तिपुरलाई निर्वाध रुपमा रोज्न पनि प्रिन्सिपल नेपालले आग्रह समेत गरे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.