Websoft University

आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट सार्वजनिक भयो


काठमाण्डौ जेष्ठ १५ गते । रातो तारा डट कम,नेपाल सरकारले आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट सार्वजनिक गरेको  छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले आउदो आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुभएको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले सरकारले यस बर्ष जेष्ठ नागरिक भक्ता बढाएर मासिक ३ हजार बनाएको जानकारी दिनुभयो । 

गरिबिको रेखामुनि रहेका वालवालिकाहरुको लागि वालसंरक्षण अनुदानको कार्यक्रमको तयार गर्ने र त्यसको लागि एक अर्ब ६४ करोड रुपैया बिनियोजन भएको छ । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्व १ करोड रुपैया बिनियोजन भएको भने राष्ट्रपति चुरे कार्यक्रमको लागि १ अर्ब बजेट छुटइएको छ । यस्तै, सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै वालवालिकाको पढाइ र बुझाइको दर बढाउन रंगिन पाठ्यक्रम निर्माण गरिने र त्यसको लागि २ अर्ब छुट्याइको छ । सामुदायिक र नीजि विद्यालयबीचको शैक्षिक गूणस्तर बढाउन विशेष पहल गरिने छ । सबै विद्यालयमा सेनेटरी प्याड पु¥याउन बजेट विनियोजन गरिएको छ भने सबै नागरिकलाइ स्वस्थ बनाइ उत्पादकत्व बढाउन पहल गर्न पनि बजेट बिनियोजन भएको छ ।  

स्वास्थ्य सेवालाइ सर्वसुलभ र गूणस्तरिय बनाइने बिषय पनि बजेटमा उल्लेख छ । रोजगारी कार्यक्रम प्रभावकारी बनाउनको लागि पनि छट्टै बजेट बिनियोजन गरिएको छ । आगामी बर्ष युवा वैज्ञानिक सम्मेलन गरिने पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । सबै नेपालीलाइ स्वास्थ्य बीमामा ल्याइने छ । बीर अस्पतालाइ अन्तराष्ट्रिय रुपकै उत्कृष्ट अस्पताल बनाइने छ ।  

सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध गरिने गरि बजेट विनियोजन गरिएको छ ।  ९२ प्रतिशत नागरिकलाइ आधारभूत खानेपानीको सुबिधा पु¥याउने गरि बजेट बिनियोजन भएको पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । सुख्खाग्रष्त क्षेत्रमा पानीका आयोजनाहरु निर्माण गरिने भने भूकम्पबाट ग्रष्त क्षेत्रमा पानीको व्यवस्था गरिने गरि बजेट विनियोजन भएको छ । 

महिला वालवालिका र जेष्ठ नागरिकको तर्फ ७८ करोड रुपैया बजेट विनियोजन भएकोछ । आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने गरि कार्यक्रम प्रवद्र्धन गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । आगामी ५ बर्षभित्र फलफूलले ढाकेको बारी दोब्बर बनाइने गरि बजेट विनियोजन भएको पनि अर्थमन्त्रीले बताउनुभयो । सबै प्रदेशमा नमूना अर्गानिक खेतीलाइ प्रोत्साहन गर्ने, कृषि सिप सिकेर विदेशबाट फर्किएकालाइ प्रोत्साहन गरिने बिषयलाइ सरकारले प्राथामिकतामा राखेको छ ।

प्रदेश र ५ र सुदुरपश्चि प्रदेशमा कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । आगामी बर्षलाइ बृक्षारोपण बर्षको रुपमा अभियानकै रुपमा अभियान सञ्चालन गरिने पनि बजेट भाषणमा उल्लेख छ । शहकारी ढाँचालाइ प्रोत्साहन गरिने पनि सरकारको प्राथामिकतामा परेको छ । 
पर्यटन क्षेत्रको बिकासलाइ प्राथामिकतामा राखेको र नेपाल भ्रमण बर्ष २०२० लाइ भव्यताका साथ मनाइने पनि सरकारले घोषणा गरेको छ । स्वदेशी उत्पादन तथा उद्योगहरुलाइ प्रोत्साहन गरिने बिषय पनि सरकारले प्राथामिकतामा राखेको छ । उज्यालो नेपालको अभियानलाइ प्राथामिकतामा राखिएको छ । 

आगामी बर्षभित्रमा हुम्लालाइ सडक सञ्जालमा जोडिने छ । अतिक्रमित सरकारी जग्गाहरु आगामी आर्थिक वर्षमा सरकारी कायम गरिने भएको पनि बजेटको प्राथामिकतामा परेको छ । यी हुन बजेटका लोकप्रिय कार्यक्रम सरकारले जेष्ठ नागरिक भत्ता ३ हजार बनाएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै सरकारले जेष्ठ नागरिक भत्ता बढेको घोषणा गरेको  हो । 

जेष्ठ नागरिक भत्ता यसअघि २ हजार थियो ।  गर्भा अवस्थादेखि बृद्ध अवस्थासम्मलाई सामाजिक सुरक्षा उपलब्ध गराइने घोषणा पनि सरकारले गरेको छ । सुत्केरीलाई यातायात खर्चको लागि २ अर्ब २२ करोड विनियोजन गरिएको छ । ८ प्रकारका जटिल रोगको निशुल्क उपचारको अनुदानमा बृद्धि गरिएको छ भने सबै जिल्लामा स्थास्थ्य बीमा गर्न ६ अर्ब बिनियोजन गरिएको छ । 

८३ हजार युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने  घोषणा गरिएको छ भने बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा लगाइने छ । वैदेशिक रोजगारीको जानेको लागत रोजगारदाताबाटै उठाइने घोषणा गरिएको छ ।  श्रम र रोजगारीमा ७ अर्ब १४ करोड बजेट  वर्ष ९२ प्रतिशत जनसंख्यालाई खानेपानीको सुविधा पुर्याउने लक्ष्य पनि बजेटमा गरिएको छ । स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा ३ हजार रुपैयाँ यातायात खर्च दिइने ब्यवस्था गरिएको छ । ५२ हजार स्वास्थ्य स्वयम सेविकाहरुलाई वार्षिक ३ हजार यातायात भत्ता दिन बजेट विनियोजन गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.