Websoft University

राष्ट्रिय पुरुष क्रिकेटमा प्रदेश नम्बर १ले जित चुम्यो



काठमाण्डौ जेष्ठ १७ गते । रातो तारा डट कम,प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश १ ले पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर १ बलमा सबै विकेट गुमाएर मात्र ४७ रन बनाउन सक्यो । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का कप्तान पुष्प थापाले ६ विकेट हात पार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । प्रदेश १ का सिद्धान्त लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाउनुभयो । यस्तै फिर्दोस अन्सारीले अविजित ४५, सुन्नी पुनले ३४, कप्तान पुष्प थापाले २९ रन बनाउनुभयो । कर्णालीका प्रकास जैसी, ललित प्याकुरेल र दिवन पुनले समान २÷२ विकेट हात पारेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.