Websoft University

आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ मा “बन्थी” उकृष्ट चलचित्रको रुपमा घोषणा!


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक सम्पन्न भएको आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ मा १० चलचित्र मध्ये माझी भाषाको चलचित्र बन्थी उकृष्ट चलचित्रको रुपमा घोषणा भएको छ। संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा सपन्न उक्त चलचित्र महोत्वसमा बिन्दु कुमारी माझीको लेखन तथा निर्देशन रहेको बन्थी चलचित्र उत्कृष्ट भएको घोषणा छनौट समितिका सदस्य तथा चलचित्र निर्देशक लाखमान योञ्जनले गर्नुभयो ।


चलचित्र बन्थीमा नातिनीले हजुरबुवाको चश्मा फ़ुटाइदिन्छिन जसका कारण हजुरबुवाले आखाँ नदेखेर केहि गर्न गर्न नसक्ने र नातिनीले हजुबुवाको चश्मा बनाउनका निम्ति गरेको प्रयास र संघर्षको कथा बोकेको छ। बन्थिमा मार्मिक बेदना संग जोडिएको यथार्थपरक चलचित्र रहेको लेखक तथा निर्देशक बिन्दु कुमारी माझीले जानकारी दिनुभयो। उक्त चलचित्रमा संगीता माझी, मन्दिरा माझी र बुद्धबीर माझीको प्रमुख भूमिका रहेको देख्न सकिन्छ।


दुई दिनसम्म चलेको उक्त महोत्सवमा प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका १० चलचित्रहरू प्रदर्शन भएको थियो । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव भएको कार्यक्रममा आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिनुभयो । साथै अध्यक्ष राजबंशीले हरेक चलचित्रको महोत्सव पोखरा, काठमान्डौमा हुने बिराटनगरमा धेरै कलाकार जन्मिए पनि यस क्षेत्रलाई ध्यान नदिएको हुँदा पहिलो एतिहासिक प्रदेश १ को आदिबासी जनजाति चलचित्र महोत्सव गरिएको बताउनु भयो।

महोत्सवमा राजवंशी, थारू, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भाषाको १० चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्ट चलचित्र बन्थीलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित निर्णायक समितिमा तथा छनौट समितिमा चलचित्र निर्देशक बिनोद पुडासैनीको संयोजकत्वमा केशब रायमाझी, लाखमान योञ्जन, इन्द्र परियार सदस्यमा रहनुभएको थियो ।

पहिलो दिन महोत्सव आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने थियो। १० उत्कृष्ट बिभिन्न भाषाभाषीका चलचित्र मध्ये थारु चलचित्र छल्कि, तमाङ चलचित्र नाङ साल र धुर्सा , माझी चलचित्र बन्थी , मगर चलचित्र जीवाक, गुरुङ चलचित्र मी न्हर्बे ट, लिम्बु चलचित्र के, राइ चलचित्र फ़ुङलाम र राजबंशी चलचित्र चोरकहच्छी मनोनयमा परेको थियो ।यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राबिधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सविस्तार पहुँच बढाउ सक्ने हो भने अझै चलचित्र कर्मी र निर्माण पक्षलाई हौसला संगै आफ्नो पहिचान बुझ्ने र चिनाउने अवसर पाउने छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.