Websoft University

उद्योग संगठन मोरङ र श्रृलंकाली राजदुत बिच भेटघाट

 


विराटनगर पुस ९ गते । उद्योग संगठन मोरङले श्रीलंका र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलंकाका राजदुत हिमाली अरुणतिलकासंग भेटघाट तथा छलफल गरेको छ । 

गत ५ पुशमा नेपाल स्थित श्रीलंकालीे दुताबास काठमाडौमा सम्पन्न भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंका र नेपाल बिच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहदै आएकोले  धार्मिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुसमेत भएको समानतालाई आर्थिक एवं व्यवसायीक महत्व र अवसरमा रुपान्तरणको सम्भावनाका बारेमा संगठनले चासो राखेको उल्लेख गरे । साथै, अध्यक्ष प्याकुरेलले औद्योगिक क्षेत्रमा बिशेष गरि चिया, गार्मेन्ट्स तथा निर्माणको क्षेत्रका साथै श्रीलंका र नेपाल बिच सिधाई हवाई उडान समेत प्रारम्भ भईसकेको परिप्रेक्ष्यमा पर्यटनको क्षेत्रमा श्रीलंका र नेपाल बिच व्यवसायीक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्न नेपाली उद्योगी र श्रीलंका  उद्योगीहरु बिच सम्बन्ध बिस्तारका लागी सहजिकरण गरिदिन राजदुतलाई अनुरोध गरिएको बताए । संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले निर्यातमुलक उद्योगहरुको प्रवर्धनका लागी श्रीलंकाले गरेको सफल अभ्यासहरुका अनुभव तथा प्रयासहरुका बारेमा नेपाली उद्योगीहरु जान्न र बुझ्न उत्सुक रहेको बताएका थिए ।  

उक्त अवसरमा श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले श्रीलंका र नेपाल बिच उत्पादनमुलक उद्योग, निर्माण, पर्यटन लगायतका धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिच राजदुताबासले निरन्तर सहजिकरण गर्न तत्पर रहेको बताउदै व्यवसायीक अवसरको खोजीमा रहेको संगठनको प्रतिनिधिमण्डललाई रादुतावासमा स्वागत गरिन । सोहि क्रममा राजदुतले संगठन टोलीलाई श्रीलंकाको भ्रमणका लागी आमन्त्रण गर्नुका साथै उक्त भ्रमण कार्यक्रममा श्रीलंका स्थित सरकारी तथा व्यवसायीक संघ संस्था तथा सम्बन्धीत औद्योगिक पक्षहरुसंग संस्थागत व्यवसायीक भेटघाट तथा बिटुबि मिटिङहरुको सहजिकरण दुतावासले गरिदिने उल्लेख गरेको संगठनले जनाएको छ ।  

दुताबास कै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इण्डष्ट्रिज बिच संस्थागत सहकार्यका लागी आगामी २७ जनवरीमा दुबै संस्था बिच मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए ।  






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.