Websoft University

प्याब्सन सुन्दरहरैंचाले गर्यो १ दिने शिक्षक तालिम!


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगर प्याब्सनको आयोजनामा र नेल्टाको प्राविधिक सहयोगमा नगर क्षेत्र भित्रका संस्थागत स्कूलहरूका अंग्रेजी विषयका शिक्षकहरुका लागि अंग्रेजी भाषा शिक्षण शिक्षक तालिम आईतबार विराटचोकको जेसिज सभाहलमा सम्पन्न भएको छ।तालिममा सुन्दरहरैंचा नगरपालिका भित्रका २३ वटा मा.वि स्कुलका ४० जना अंग्रेजी विषयका शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखा प्रमुख


राम प्रसाद ढुंगेलको प्रमुख आतिथ्यता रहेको थियो भने प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दिपेन्द्र राईको सभापतित्व रहेको थियो।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगेलले निजी श्रोतबाट सञ्चालित संस्थागत स्कुलका शिक्षकहरूलाई अंग्रेजी शिक्षा शिक्षण विधिको तालिम आयोजना गरेर प्याब्सन सुन्दरहरैंचाले राम्रो काम गरेको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दियोस् भन्दै बालबालिकामा रहेको अन्तर निहित ज्ञान र सीपलाई प्रस्फुटन गराउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा मुख्य प्रशिक्षक शिखा गुरुङले अंग्रेजी भाषा, शिक्षण कला, दैनिक पाठ योजना, बाल मनो विज्ञानमा आधारित शिक्षण सिकाइ क्रियाकलाप आदिको बारेमा प्रशिक्षित गरेकी थिइन्।

तालिममा दुलारी मल्टिपल स्कूल, प्रभात किरण, इन्द्रपुर नमुना, हरैंचा मोडल, स्कलर्स होम, माउण्ट मकालु, लभ्लिएन्जल,लालीगुराँस, बाल सदन, पूर्वाञ्चल एकेडेमी,ज्ञान ज्योति,जुपिटर लगायत सुन्दरहरैंचामा रहेका अन्य स्कुलका दुई दुई जना शिक्षकको सहभागिता रहेको थियो।तालिमको समापन समारोहमा सहभागी शिक्षक सूर्य दंगाल, प्रमिला गुरागाईं र मुकुन्द अधिकारीले तालिम उपयोगी हुनाको साथै नयाँ शैलीबाट शिक्षण गर्ने सीप र कला प्राप्त भएको बताएका थिए।

सोही कार्यक्रममा बोल्दै नेल्टा प्रदेश नं १ का अध्यक्ष एन.पी.भण्डारी र नेल्टा सुनसरीका अध्यक्ष रविन बरालले प्याब्सन सँगको सहकार्यमा कार्यक्रम गर्न प्रतिबद्ध रहेको बताएका थिए भने सो कार्यक्रम सुन्दरहरैंचा प्याब्सनका सचिव टिका पराजुलीले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.