Websoft University

प्रदेश १ मा पहिलो पटक आदिवासी जनजाती चलचित्र महोत्सव, १० चलचित्र प्रदर्शनमा!


शिव भट्टराई,बिराटनगर । रातो तारा डट कम,प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ सुरु भएको छ। यो दुई दिन सम्म चल्नेछ । घीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा पुस ९ र १० गते सो चलचित्र महोत्वस भएको हो ।

दुई दिनसम्म चल्ने महोत्सवमा प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन भएको छ।प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले कार्यक्रम समुदघाटन गर्दै अहिले इतिहासको हकमा संस्कति र सभ्यता मेटिदै गएको भन्दै यस किसिमको कार्यक्रम र चलचित्र मार्फत आफ्नो कला संस्कृति जगेर्ना र आदिबासी जनजाति समुदायको बिकासका निम्ति थप इट्टा थप्ने काम गरेको बताउनु भयो।

साथै प्रदेश सरकारले गर्ने सहयोगमा राज्यको हरेक क्षेत्रमा बजेट छुट्याउनु पर्ने भएको हुँदा क्षेत्रका लागी सक्ने सहयोग गर्ने बचन दिनुभयो।आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव भएको कार्यक्रममा आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिनुभयो ।

साथै अध्यक्ष राजबंशीले हरेक चलचित्रको महोत्सव पोखरा, काठमान्डौमा हुने बिराटनगरमा धेरै कलाकार जन्मिए पनि यस क्षेत्रलाई ध्यान नदिएको हुँदा पहिलो एतिहासिक प्रदेश १ को आदिबासी जनजाति चलचित्र महोत्सव गरिएको बताउनु हुन्छ।


महोत्सवमा राजवंशी, थारू, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भाषाको १० चलचित्र प्रदर्शन भएको छ प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ। त्यसका लागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समितिसमेत गठन गरिएको आयोजक समितिले जनाएको छ। उक्त छनौट समितिमा चलचित्र निर्देशक बिनोद पुडासैनीको संयोजकत्वमा केशब रायमाझी, लाखमान योञ्जन, इन्द्र परियार सदस्यमा रहेका छन्। २ चलचित्र छल्की र नाङ साल प्रदर्शन भएको र बाँकी ८ चलचित्र शनिबार प्रदर्शनीमा रहने भन्दै नतिजा आउन भने बाँकि रहेको छनौट समितिका सदस्य केसब रायमाझिले जनाएको छ । आदिबासी चलचित्र महोत्सव पहिलो पटक भएको हुँदा गर्व लागेको तर राज्यले ध्यान दिनुपर्ने कलाकार अजय सरदारको भनाई छ।

महोत्सव आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने थियो। १० उत्कृष्ट बिभिन्न भाषाभाषीका चलचित्र मध्ये थारु चलचित्र छल्कि, तमाङ चलचित्र नाङ साल र धुर्सा , माझी चलचित्र लदी पुजा, मगर चलचित्र जीवाक, गुरुङ चलचित्र मी न्हर्बे ट, लिम्बु चलचित्र के, राइ चलचित्र फ़ुङलाम र राजबंशी चलचित्र चोरकहच्छी रहेको छन । यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राबिधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सविस्तार पहुँच बढाउ सक्ने हो भने अझै चलचित्र कर्मी र निर्माण पक्षलाई हौसला संगै आफ्नो पहिचान बुझ्ने र चिनाउने अवसर पाउने छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.