Websoft University

फुटबलमा आज दुई खेल हुने


काठमाण्डौ पुस १० गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुने । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । 

हिमालयन ५ खेलमा ५ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । आजको खेलमा च्यासललाई हराएर हिमालयन अङ्क तालिका सुधार गर्ने योजनामा हुनेछ । च्यासल भने ५ खेलमा ४ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयनलाई हराएर च्यासल रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । आजै हुने दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल ४ः४५ मा सुरु हुनेछ । 

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मछिन्द्रलाई हराएर शीर्ष स्थान कायम राख्नचाहन्छ । मनाङ ५ खेलमा १३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मछिन्द्र ५ खेलमा ११ अङ्क जोडेर दोस्रो स्थानमा छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.