Websoft University

स्थानीय सरकार र सुशासनको लागि सञ्चारमाध्यमको भूमिका महत्वपूणर् हुने


काठमाडौँ । स्थानीय सरकार र सुशासनको क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारहरूले स्थानीय सरकारको विकास, आर्थिक पारदर्शिता र सुशासनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूणर् हुनेमा जोड दिएका छन् ।

स्थानीय सरकारले गरेका सकारात्मक काम, नकारात्मक काम तथा कानुनी दायित्व र जटिलताको बारेमा खोजी गरेर समाचार लेखेर स्थानीय सरकारलाई जिम्मेवार बनाउने भूमिका पत्रकारहरूको भएको उनीहरूले बताएका हुन् ।

द एसिया फाउण्डेसन र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को सहकार्यमा आज काठमाण्डौँमा भएको ‘स्थानीय सरकार सवलीकरणमा सञ्चारमाध्यमको भूमिका’विषयक अन्तक्र्रियात्मक कार्यक्रममा पत्रकार लिलानाथ घिमिरेले स्थानीय तहका नागरिकलाई विवाहदर्ता, जन्मदर्ता, मृत्युदर्ता जस्ता सामान्य नियम, कानुनको समेत जानकारी नभएको र यसमा स्थानीय तहका जनप्रतिनिधिले पनि उनीहरूलाई नबुझाएको पाईएको बताउनुभयो ।

आमसञ्चारका माध्यमले यस्ता विषयमा रिर्पोटिङ गरी स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा उहाँको जोड थियो ।

स्थानीय तहको क्षेत्रमा रिर्पोटिङ गर्दै आउनुभएका पत्रकार रञ्जित तामाङले देश सङ्घीयतामा गए पनि पत्रकारिता क्षेत्र सङ्घीय ढाँचामा प्रबेश गर्न नसकेको बताउदै स्थानीय सरकारमा भएका भ्रष्टाचार र अनियमितताका विषय अझैँ सार्वजकि हुन बाँकी रहेको धारणा राख्नुभयो ।

जनप्रतिनिधि र पत्रकारका बीचमा सूचना लेनदेनमा सहकार्य हुनुपर्नेमा जोड दिदै उहाँले स्थानीय सरकारको संवैधानिक अधिकार र दायराका बारेमा बारम्बार सञ्चारमाध्यमले सामग्री प्रकाशन तथा प्रसारण गरेर झक्झक्याइदिनुपर्ने बताउनुभयो ।

पत्रकार कृष्णमुरारी पुडासैनीले पत्रकारहरूले स्थानीय तहका सवाल, समस्या र समाधानका विषयमा अझैँ गहिरिएर रिर्पोटिङ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ठूला सञ्चारमाध्यमले स्थानीयस्तरमा भएका सानासाना कामका बारेमा पनि रिर्पोटिङ गर्नुपर्नेमा जोड दिदै उहाँले स्थानीय तहको समाचार स्थानीय सञ्चारमाध्यमले मात्रै उठाएर नपुग्ने बताउनुभयो ।

पत्रकार संगम महतले संविधानमा जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकारको बारेमा स्पष्ट उल्लेख भए पनि एकअर्काले क्षेत्राधिकार मिचेर काम गर्ने गरेको पाईएको भन्दै यसका बारेमा सञ्चारमाध्यमले समाचार बनाउनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारलाई थप जिम्मेवार, जवाफदेही र परिपक्व बनाउनको लागि सञ्चारमाध्यमको भूमिका महत्वपूणर् हुने उहाँको भनाइ थियो ।

पत्रकार टेनिस रोकाले स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारको विषयलाई पनि पत्रकारहरूले निरन्तर रुपमा उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सञ्चारमाध्यम पनि विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिदै उहाँले पत्रकारहरू स्थानीय तहमा नियमित पुगेर रिर्पोटिङ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पत्रकार मञ्जिमा ढकालले स्थानीय सरकारले संविधानमा भएको विषय नै कार्यान्वयन गर्न नसकेको भन्दै यसबारेमा सचेतना जगाउने खालका रिर्पोटिङ गर्नुपर्नेमा जोड दिदै सबै स्थानीय सरकारको एकमुष्ट सूचनाको लागि सीआईएन जस्तो सञ्चारमाध्यमले नेटवर्किङ गर्नुपर्ने बताउनुभयो ।

पत्रकार केशब भूलले स्थानीय तहको रिर्पोटिङमा सञ्चारमाध्यमले सहजिकरण गरिदिनुपर्नेमा जोड दिदै कसैको प्रायोजनमा गरिएको रिर्पोटिङमा स्थानीय सरकारको भ्रष्टाचार र अनियमितताको विषय उठाउन नसकिने बताउनुभयो ।

कार्यक्रममा अकोराबका सचिब सुर्दशन खतिवडाले सङ्घीयताको बारेमा कतिपय जनप्रतिनिधिका बीचमा नै अन्योलता रहेको बताउदै अन्योलता हटाउने खालका सूचना र जानकारीहरू सञ्चारमाध्यमबाट दिनुपर्ने धारणा राख्नुभयो ।

सङ्घीयताको नयाँनयाँ अभ्यासका कारण पनि केही समस्याहरू आएको बताउदै उहाँले स्थानीय तहले गरेका सकारात्मक र सङ्घर्षका सबै विषयहरूलाई उठाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

अकोराबका कोषाध्यक्ष सरोज पौडेलले स्थानीय तहले गरेका सकारात्मक विषयहरूमा समाचार लेखेको खण्डमा अन्य स्थानीय तहको लागि पनि सिकाइ हुने बताउनुभयो ।

स्थानीय तहमा कर्मचारी अभावका कारण देखिएको समस्या, प्रभाव, कर्मचारी र जनप्रतिनिधिबीचको मतभेद तथा भ्रष्टाचारको सवालमा भएका मिलेमतोको विषयलाई पनि प्राथमिकताका साथ सञ्चारमाध्यमले उठाउनुपर्ने उहाँको विचार थियो ।(सीआईएनबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.