विराटनगर २०८३ साल बैशाख २१ गते । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
सोमबार भएको उद्घाटन खेलमा विराटनगर हव र सिरहा हव विजयी भएका छन् । पहिलो खेलमा विराटनगर हवले राजविराज हवलाई ८ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेकोे राजविराजले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ बलमा सवै विकेट गुमाई ५६ रन बनाएको थियो । राजविराजका रोहन विकले २० रन बनाउँदा निवेश मण्डलले १२ रन बनाए । विराटनगरका प्लेयर अफ म्याच अभय कामतले ४ विकेट लिँदा अरुण मण्डल र विकाश कामतले समान २–२ विकेट लिए ।
५७ रनको लक्ष्य पाएको विराटनगरले ६ दशमल ४ बलमा २ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । विराटनगरका मनिष कामतले अविजित ३७ रन बनाउँदा आकाश यादवले १२ रनको योगदान गरे । राजविराजकामिथलेश कविर र नितिस शर्माले समान १–१ विकेट लिए ।
दोस्रो खेलमा सिरहा हवले उदयपुर हवलाई ३६ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ९१ रन बनाएको थियो । सिरहाका प्लेयर अफ म्याच आलोक यादवले अविजित २३ रन बनाउँदा दुर्गेश मण्डलले १६ रन बनाए । उदयपुरका देवेन दासले सर्वाधिक २ विकेट लिए ।
९२ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमल १ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सिमित भयो । उदयपुरका सौरभ पौडेल अविजित २६ रनको योगदान गरे । सिरहाका आयस विकले २ विकेट लिँदा अविशेक राँयले पनि २ विकेट लिए ।
बैशाख २६ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका छन् । राउण्डराविन लिगको आधारमा खेलाइने प्रतयोगितामा उत्कृष्ट दुइ टिमले फाइनल खेल्ले छ ।

Post a Comment