विराटनगर । गत वर्ष को तुलनामा यो वर्ष मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाकां लागि प्रवेस परिक्षा दिन आउने विद्यार्थीहरूको सख्या उत्साहजनक देखिनथ्यो। सोमबार प्रवेश परीक्षा दिन कलेज प्राङ्गणमा विद्यार्थीहरुको ठूलो घुइँचो लागेको थियो ।
२०५९ *सालमा स्थापना भएको मेरिल्याण्ड कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको
छ । कलेजले यस वर्षका लागि विज्ञान संकायमा २५० र व्यवस्थापन संकायमा ६५० जनाको कोटा निर्धारण गरेको प्रशासनले जनाएको छ ।
सीमित सिटका लागि भएको सो प्रवेश परीक्षामा २१ सयभन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी दिए ।
उनले भने, 'प्रवेश परीक्षामा विद्यार्थीहरूको निकै उत्साहजनक सहभागिता देखिएको छ, विद्यार्थीहरूको यो आकर्षण र उत्साह देखेर हामी थप उत्साहित भएका छौं ।' मेरिल्याण्ड कलेजमा भर्ना हुनका लागि कोशी प्रदेशका साथै मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत विद्यार्थीहरू परीक्षा दिन आएका थिए । गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरणका कारण यो कलेज यस क्षेत्रकै विद्यार्थीहरूको रोजाइमा पर्दै आएको छ ।(यो समचार उदघोष बाट लोएको हो)

Post a Comment