बिराटनगर २०८३ जेष्ठ १५ गते | महिलाहरूलाई लक्षित गरी पाठेघर तथा ब्रेस्ट क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सञ्चालन गरिएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजना, विराट नर्सिङ होमको सहयोग तथा बर्जु गाउपालिकाको समन्वयमा शिविर बर्जुमा सञ्चालन गरिएको हो ।
शिविरमा विराट नर्सिङ होमका गाईनोलोजिष्ट डा. दिपक यादवको नेतृत्वको स्वास्थ्यकर्मी टोलीले महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेको थियो ।
कार्यक्रममा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले स्वस्थ्य महिला, स्वस्थ परिवार र समृद्ध समाजको आधार हुने भएकाले महिलाहरू आफनो स्वास्थ्य प्रति सजग भई नियमित परीक्षण गराउने बानीको विकास गर्नुपर्ने धारणा राखे ।
उद्योग संगठन मोरङ महिला उद्यम समिति इन्चार्ज किरण ब्यासले समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिईन । त्यसैगरी महिला उद्यम समितिको संयोजक जयन्ती आचार्यले महिलाहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न, समयमै रोग पहिचानमा सहयोग पु¥याउन तथा आवश्यक परामर्श प्रदान गर्न शिविर सञ्चालन गरिएको वताईन ।
बर्जु गाउपालिकाका अध्यक्ष जिवछ कुमार रायले महिलाहरूको स्वास्थ्य संरक्षण स्थानीय तहको प्रमुख प्राथमिकता मध्ये एक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।
त्यसैगरी गाउपालिका उपाध्यक्ष नीतु कुमारी चौधरीले शिविरले स्वास्थ्य सुरक्षाप्रति महिलाहरुमा सकारात्मक सोचको विकास गरी नियमित स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्ने धारणा व्यक्त गर्दै शिविरमा सहभागी महिलाहरूलाई स्वास्थ्य प्रति सजग रहन आग्रह गरिन ।
विराट नर्सिङ होमकी प्रतिनिधि एवं महिला समिति सदस्य बिमला थापाले स्वास्थ्य सेवा सबै नागरिकको पहुचमा पुग्नुपर्ने आवश्यकता औंल्याउदै ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी आगामी दिनमा यस प्रकारको शिविर अन्य स्थानमा पनि सञ्चालन गर्ने वताईन ।

Post a Comment