Websoft University

वायु प्रदुषणको मात्रा एक्कासी बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशत प्रभावित हुदै,


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,काठमाडौँ उपत्यका लगायत मुलुकभरका सहरमा वायु प्रदुषणको मात्रा एक्कासी बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशत प्रभावित भएको छ ।

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी १६ सय मिटर आवश्यक भए पनि गत शुक्रबारदेखि तुवाँलोले ढाकेपछि उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार गत आइतबार १ सय ९ वटा उडानमध्ये ४१ वटा उडान रद्द भएका थिए भने शनिबार १ सय १५ उडानमध्ये ५० वटा उडान रद्द भएका थिए ।

तुवाँलोकै कारण अन्तराष्ट्रियभन्दा पनि आन्तरिक उडान प्रभावित बनेको उहाँको भनाइ छ । जहाज उडान र अवतरणका लागि पाँच किलोमिटर र यान्त्रिक उडानका लागि १६ सय मिटर पारदर्शिता आवश्यक हुन्छ । तर दुई किलोमिटर र यान्त्रिक उडानका लागि पाँच सय मिटरसम्म पारदर्शिता कम भएको विमानस्थलले जनाएको छ । लामो समय सुख्खा भएको र पानी  नपरी हावा नचलेपछि उपत्यकालगायतका मुख्य सहर धुम्म हुँदै आएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.