Websoft University

काठमाडौं बासीले मेलम्चीको पानी बल्ल खान पाए


काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम, मेलम्चीबाट आएको पानी काठमाडौँबासीको घर घरमा पुगेको छ ।  धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्काल स्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वती नगर, गौशाला, एयरपोर्ट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो । 

होली पर्वका दिन पारेर महाङ्काल पानी ट्याङ्कीबाट भल्भ खोलेर केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ भल्भको साँचो घुमाएर ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।  

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरेका छन् ।





 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.