Websoft University

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरुद्धमा व्यापक जनताको प्रदर्शनम–झडप,मोदीलाई आफनै देशका जनताले मात्र होइन छिमेकी देशका जनताले पनि मनपराउदैनन् ?


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीसँग झडप हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ । दुई दिने भ्रमणका लागि मोदी हिजो बंगलादेश पुग्नु भएको थियो ।

चटगाउँमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको र घाइतेमध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको बीबीसीले लेखेको छ । हिफाजत ए इश्लाम संगठनका नेता मुजिवुर रहमान हामिदीले आफ्नो संगठनका सदस्य प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँले प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको दावी गर्नुभएको तर त्यसको स्वतन्त्र पुष्टि भइनसकेको बीबीसीले लेखेको छ । 

केहि दिनदेखि कैयौँ मुश्लिम नेता तथा वामपन्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा ¥याली समेत निकाल्दै आएका थिए । मोदी बंगलादेशको ५० औं स्वतन्त्रता दिवस तथा संस्थापक शेख मुजीबुर रहमानको जन्मशताब्दीमा आयोजित कार्यक्रममा सहभागी हुन बंगलादेश पुग्नुभएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.