Websoft University

नगरस्तरीय सितोरियो कराँते प्रतियोगितामा सूर्योदय युवा क्लब विजयी!

 


शिव भट्टराई,मोरङ चैत १४ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा नगर स्तरीय सितोरियो कराँते प्रतियोगिता सम्पन्न भएको छ।सुर्योदय युवा क्लवको आयोजनामा र दुलारी डोजोको समायोजनमा शनिबार सुन्दरहरैंचा ६ स्थित साजिलाल स्कुलको मैदानमा सुरु भएको खेल आज सम्पन्न भएको हो।


शनिबार भएको फाइनल खेलमा  आयोजक टिम सूर्योदय युवा क्लबले ५ गोल्ड मेडल ल्याएर विजयी भएको छ भने पोखरीया युवा क्लबले ४ गोल्ड मेडल ल्याएर दोस्रो र सुनसरीको कालाबन्जर टिमले २ गोल्ड मेडल ल्याएर तेस्रो हुन सफल भएको छ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका स्थित वडा नं ६ का वडाध्यक्ष जिवन राईको प्रमुख आतिथ्यता रहेको थियो भने सूर्योदय युवा क्लबका अध्यक्ष अने चौधरीको सभापतित्व रहेको थियो।

उक्त प्रतियोगिताको उद्दघाटनको क्रममा बोल्दै प्रमुख अतिथि राईले खेल मानिसको जीवनमा आवश्यक रहेको बताउँदै हाल देशमा विभिन्न घटना भइरहेकोले आफ्नु सुरक्षाको लागि सम्पूर्ण नागरिक विशेष गरी महिलाहरुले आत्मा रक्षाका लागि सितोरियो कराते सिक्न जरुरी रहेको बताएका छन्।

प्रतियोगितामा नगर भरिका लगभग ३ सय जना खेलाडिले सहभािगता जनाएका थिए भने प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६० केजी माथिको तौल समूह र महिलाको २० देखि ५५ माथिको तौल समुहका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको सुन्दरहरैंचाका कराते प्रशिक्षक विकास  चौधरीले जानकारी दिएका छन्।

एकै दिन सम्पन्न हुने प्रतियोगितामा समयको अभाव भएका कारण फाइनल खेल उद्घाटन खेलको १ हप्ता पछि  शनिबार सम्पन्न गरिएको प्रशिक्षक चौधरीले बताए।प्रतियोगितामा प्रथम हुने लाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजार नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको उनले बताए।

उक्त कार्यक्रममा साज़ीलाल माध्यमिक विद्यालयका प्रधानध्यापक कल्याण प्रसाद सिटौला, सामाजिक व्यक्तित्व सत्यनारायण चौधरी लगायत अन्य अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रम पेशल पोख्रेलले संयोजन गरेका थिए भने निराजन धमलाले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.