Websoft University

बिराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद्‌ नेपालको आठौँ राष्ट्रिय अधिवेशन हुने

 


बिराटनगर चैत १८ गते । रातो तारा डट कम, सुरेन्द्र प्रसाद भट्टले  दिएको जानकारी अनुुसार नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्‌, नेपालको आठैँ राष्ट्रिय अधिवेशन औद्योगिक नगरी विराटनगरमा हुन गैरहेको छ । अधिवेशन चैत २०, २१ र २२ गते विराटनगरको अतिथि सदचमा हुनेछ । वि.स. २०४२ सालमा स्थापना भएको परिषद्ले आफनो रजत वर्ष पुरा गरि २६ औँ वसन्त प्रारम्भ गर्दै छ । 

दलीय राजनीति भन्दा माथि रहेर विभिन्न रचनात्मक कार्य गर्दै आएको छ। “एक संकल्प राष्ट्रका लागि” भन्ने मुल नाराका साथ परिषद्ले क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा निरन्तर विभिन्न कार्यहरु गर्दै आएको छ । यसका साथै निरन्तर सामाजिक सेवा कार्यमा पनि लागिरहेको अवगत गराउँदछौँ ।अधिवेशनमा साङगठनिक प्रशिक्षण, देशको समसामयीक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्ताव पारित गर्ने, विद्यार्थी परिषद्को केन्द्रिय कार्यकारिणी समिति परिवर्तन गर्ने जस्ता गतिविधिहरू हुनेछन्‌ । 

पहिलो दिन चैत २० गते ११ बजे अधिवेशनको उद्घाटन हुनेछ । साथै सहासचिव प्रतिवेदन प्रस्तुत एवं निर्वाचन रहने छ । अधिवेशनको अवधिमा विभिन्न विषयका विज्ञ व्यक्तिहरूले भाषण प्रस्तुत गर्नुहुनेछ । यस्तै दोस्रो दिन राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार एवं सम्मान प्रदानका साथै अन्य विविध विषयमा समिक्षा गरि योजना बनाइनेछ । अधिवेशनको अन्तिम दिन २२ गते नयाँ कार्यकारिणी घोषणा भई अधिवेशन समापन हुने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.