Websoft University

मेयर कोइरालाद्वारा शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन


विराटनगर | विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेदेखि नै आन्तरिक सुशासनलाई प्रमुख प्राथमिकतामा राख्दै आउनु भएका मेयर नागेश कोइरालाले विभिन्न शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन गर्नु भएको छ ।

आन्तरिक सुशासन कायम नगरेसम्म जनताका गुनासो सम्बोधन गर्न नसकिने धारणा राख्दै आउनु भएका मेयर कोइरालाले बुधबार आकस्मिक अनुगमन गर्नु भएको हो । मेयर कोइरालाले महानगरको आर्थिक प्रशासन, राजस्व, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई, कानुन, सूचना, सहकारीलगायतका शाखा र महाशाखाको अनुगमन गर्नुभयो । सो क्रममा उहाँले कार्यालयमा कर्मचारीको उपस्थितिको अवस्था, सेवाग्राहीका समस्यालगायतका विषयमा जानकारी लिएको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले बताउनुभयो । नवोदितका अनुसार मेयर कोइरालाले कर्मचारीका समस्याका बारेमा पनि जानकारी लिनु भएको थियो ।

उहाँले गुनासो नआउने गरी जनताको सेवामा समर्पित हुन कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो । मेयर कोइरालाले बेला–बेला शाखा र महाशाखाहरूको अनुगमन गर्दै आउनु भएको छ । अनुगमनका क्रममा एउटै कर्मचारी पटकपटक कार्यकक्षमा अनुपस्थित भेटिए कारबाही गरिने मेयर कोइरालाले प्रस्ट पार्नुभयो । बुधबारको अनुगमनका क्रममा केही कर्मचारी विदामा बसेको पाइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.