Websoft University

फाइनलमा एपीएफ र पुलिस भिड्ने


ललितपुर । ललितपुर 
मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्यो ।


रोमान्चक खेलमा एपीएफले सुरुआती दुई सेट २५-२१ र २५-२२ ले जितेको थियो । तरतेस्रो र चौंथो सेट आर्मीले २५-१२ र २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेट एपीएफले १५-१२ ले आफ्नो पक्षमा पार्यो ।


यस्तै पहिलो सेमिफाइनलमा पुलिस क्लबले न्यु डायमण्ड क्लबलाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले न्यु डायमण्डमाथि २५-१६२५-१४ र २५-१७ को जित निकालेको हो ।


महिलातर्फ न्यु डायमण्ड र आर्मीले तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानका लागि दुई टोली शुक्रबार भिड्ने छन् ।


पुरुषतर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएको छ ।

पुलिसले एपीएफलाई २८-२६,२५-२१,१८-२५ र २५-१८ ले हराएको हो ।


यस जितसँगै पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।


पुरुषतर्फ नै ललितपुर महानगरपालिकाले सुर्य विनायक युथ क्लबलाई ३-० ले हराएको छ ।

ललितपुरले सुर्य विनायकलाई २५-११,२५-१० र २५-१४ ले हराएको हो । जितसँगै ललितपुर पनि सेमिफाइनल पुगेको छ ।


पुरुषतर्फ पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् ।

दोस्रो सेमिफाइनलमा पुलिस र ललितपुर महानगरपालिका भिड्ने छन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछ |


प्रतियोगिताको महिला र पुरुषको फाइनल शनिबार हुनेछ ।


प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् ।


प्रतियोगिताको विजेता टिमले समान २ लाखउपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.