Websoft University

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर


विराटनगर | नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गर्नुभयो । उहाँले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो । 

वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहारविहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गर्नुभयो । त्यस्तै महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने बताउनुभयो । 

उहाँले आहारविहार र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिविरमा तौल, बोसोको मात्रा, सुगर, प्रेसर, ब्लड ग्रुपलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.