Websoft University

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब बिजेता


काठमाण्डेो  बैशाख १२ गते | रातो तारा डट कम, ललितपुर । “मेयर कप–२०८०” खुल्ला महिला तथा पुरुष भलिबलमा बिभागीय टिम नेपाल पुलिस क्लब समूह बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । महिलातर्फ समूह ‘ए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह बिजेता बनेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा २५–२१ र २६–२४ को जित निकाल्दै नेपाल पुलिस बिजेता बनेको हो ।

समूह ‘ए’कोे खेलमा पुलिसले चार अंक जोड्यो । आर्मीले मात्र दुई अंक जोड्यो । कोटेश्वर बहुमुखी क्याम्पस अंक विहिन भयो । महिलातर्फको अर्को खेलमा ललितपुर महानगरपालिकाले परोपकार गल्स होस्टेललाई ३–२ को सेटमा पाखा लगायो । ललितपुरले परोपकारलाई २६–२४, २५–१७, २३–२५, २८–३० र १५–१३ को सेटमा हरायो ।

पुरुषतर्फ बोगटी समाज ललितपुरले सुर्य बिनायक युथ क्लबलाई ३–२ को सेटमा हरायो। बोगटी समाज ललितपुरले सुर्य बिनायकलाई २१–२५, २५–२१, २७–२५, २२–२५, १५–१३ को सेटमा हराएको हो । अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक खेलकुदमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले नेपाल गणतान्त्रिक खेलकुदमाथि २५–१७, २५–१७ र २५–१० को सेटमा हराएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदानगरिनेछ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.