Websoft University

दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिवद्ध छ – मुख्यमन्त्री कार्की


विराटनगर, १५ वैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हाँसिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । 

नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र  तयार गरी त्यसै अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको स्मरण गराउँदै उहाँले मार्गचित्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यका १६९ वटा परिमाणात्मक लक्ष्यहरु अन्तर्गत सबै क्षेत्रमा गरी ४९४ वटा सूचक पहिचान गरेको  जानकारी गराउनु भयो । 

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका हैसियतले नेपाल दिगो विकासका  लक्ष्यहरुप्रति प्रतिवद्ध रहेको जानकारी गराउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘.विश्वव्यापी लक्ष्यका रुपमा पनि चिनिएको दिगो विकास लक्ष्य सहश्राब्दी विकास लक्ष्यको सफलतामा निर्माण गरिएका हुन् ।’ 

सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरुल संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमार्फत अनुमोदन गरेको यो एजेण्डा अन्तर्गत विश्वका १९३ देशहरुले विभिन्न १७ वटा लक्ष्यमार्फत सन् २०३० सम्ममा गरिवी अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका मुख्यमन्त्री कार्कीले स्पस्ट पार्नुभयो । 

१५ बर्षको अवधिमा हासिल गर्नुपर्ने यी प्रत्येक लक्ष्यका आ–आफ्नै परिमाणात्मक लक्ष्यहरु रहेको स्मरण गराउँदै  त्यसका लागि  गरिवीको अन्त्य गर्ने कार्य  र आर्थिक वृद्धि गर्ने रणनीति सँगै जानुपर्ने उहाँले प्रस्ट पार्नुभयो । 

 उहाँले दिगो विकास लक्ष्यले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारीका अवसरसहित कैयन सामाजिक आवश्यकताहरु लाई सम्बोधन गर्नुका साथै असमानतासँग लड्दै  कसैलाई पछाडी नछोड्ने भन्ने कुरालाई सुनिश्चित गरेको दाबी गर्नुभयो । ।

दिगो विकास लक्ष्य समग्रमा सामाजिक, वातावरण, आर्थिक र कानुन तथा शासकीय स्तम्भ गरी चार समुहमा  विभाजित रहेको स्पस्ट पार्दै  कानुनी रुपमा बाध्यात्मक नभए पनि नेपालले  यसको स्वामित्व लिएर यसका लक्ष्र्य  हासिल गर्न राष्ट्रिय ढाँचा निर्माण गरिरहेको अवगत गराउनुभयो । 

कार्यक्रममा बोल्दै  मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘नेपालले सन् २०१५ मै आफ्नो दिगो बिकास लक्ष्य राष्ट्रिय अवस्थिति प्रतिवेदन तयार गरेको र यस्तो राष्ट्रिय प्रतिवेदन तयार गर्ने नेपाल विश्वको पहिलो राष्ट्र हो ।’  

उहाँले चालु १५ औ आवधिक योजना पूर्णरुपमा दिगो बिकास लक्ष्य समाहित गरेर तर्जुमा गरिएको जानकारी गराउँदै अन्य क्षेत्रगत योजना, नीति तथा परिमाणात्मक लक्ष्यहरु पनि दिगो बिकास लक्ष्य अनुकूल बनाइएको बताउनुभयो । 

कार्यक्रममा सङ्घीय सचिवालयका सदस्य डा रोजराज पाण्डेले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन अवस्था अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी जानकारी गराउनु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.