Websoft University

वन कार्यालय उदयपुरले घाईते अवस्थामा भेटिएको दुर्लब पोथी जातको ध्वासे चितुवाको उद्धारगरि चितवन राष्ट्रिय निकुञ्ज पठायो


श्याम राई÷उदयपुर  गाईघाट, १३ बैशाख | जिल्ला वन कार्यालय उदयपुरले घाईते अवस्थामा भेटिएको दुर्लब पोथी जातको ध्वासे चितुवाको उद्धारगरि चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ ।

उदयपुरको बेलका नगरपालिका–९ यसोधा खोलामा मंगलबार घाईते अवस्थामा भेटिएको विश्व बाटै लोप हुन लागेको ध्वासे चितुवाको उद्धार गरिएको वन अधिकृत ईन्द्र सापकोटाले बताए ।

उद्धार लगतै प्राथमिक उपचारपछि चितुवालाई दिउसो चितवनस्थीत राष्ट्रिय प्रकृती संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रमा पठाईएको वन कार्यालयले जनाएको छ ।

नेपालमा संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसूची–१ मा रहेको ध्वासे चितुवा मूलुक भरी करिब ४ सय र विश्वमा ३ हजारको हाराहारीमा रहेको अनुमान छ ।

उक्त घाईते चितुवा वन गस्तिको बेला वन सुरक्षाकर्मीहरुले फेला पारेका थिए ।

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.